पुस्तकालय भवन उद्घाटन

भारतीय राजदुत रायले आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय भवन उद्घाटन गरे 
दमौली/चैत्र ६

भारतीय दुतावासको करिब १ करोड २२ लाख आर्थिक लगानी र जिल्ला विकास समिति तनहुँको प्राविधिक सहयोगमा आदिकवि भानुभक्त क्याम्पसमा निर्माण सम्पन्न भइ सञ्चालनमा रहेको सुविधायुक्त दुई तले नेपाल–भारतमैत्री पुस्तकालय भवनको नेपालका लागि भारतीय राजदुत रन्जीत रायले शनिवार एक समारोहकाबीच दिप प्रज्वलन, शिला अनावरण र पुस्तकालय भवनको प्रवेशद्वारको रिवन काटेर उद्घाटन गरेका छन । उद्घाटन गरेसँगै राजदुत रायले पुस्तकालयको अवलोकन गरेका थिए ।

भारतीय सरकारको तर्फबाट १ करोड २२ लाख १५ हजार ५३ रुपैया पुस्तकालय निर्माणका लागि लगानी भएकोमा भवन निमार्ण तर्फ १ करोड २ लाख ८३ हजार ७ सय ४१ रुपैया, फर्निचर खरिद तर्फ ८ लाख ३० हजार १ सय २० रुपैया र विद्युतिय सामाग्री तथा पुस्तक खरिद तर्फ ११ लाख १ हजार १ सय ९२ रुपैया खर्च भएको थियो । हाल पुस्तकालयमा करिब १५ हजार पुस्तक, २०० शोधपत्र, ७५ जर्नल सग्रह गरिएको र करिव १ हजार ७ सय जना प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले दैनिक पुस्तकालय सुविधा प्राप्त गरेका छन । सि.सि.टि.भि. क्यामेरा जडित पुस्तकालय भवनमा अत्याधुनिक आ.सि.टि. प्रयोगशाला, सेमिनार हल र रिसर्च सेन्टर समेतको व्यवस्था गरिएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षतामा भएको उद्घाटन समारोहमा भारतीय राजदुत रन्जीत रायले नेपालका सबैजसो जिल्लाहरुमा भारतीय सहयोग रहेको र त्यसमा पनि विकासको प्रमुख आधार शिक्षाका लागि धेरै सहयोग पु¥याएको जानकारी गराएका थिए । यसै गरी आदिकवि भानुभक्त क्याम्पसमा पुस्तकालय निर्माणमा सहयोग पु¥याइएको चर्चा गर्दै यस्ता पुस्तकालयहरु अझ अगाडी बढ्दै विद्युतिय प्रणालीमा जानुपर्ने र क्याम्पसलाई यस क्षेत्रकै शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय विकास अधिकारी उदयबहादुर राना मागरले नेपाल सरकारलाई भारतीय सरकारले पु¥याएको सहयोगको प्रशंसा गर्नुभएको थियो भने जिल्ला प्राविधिक कार्यालय तनहुँका प्रमुख ईन्जिनियर नारायणप्रसाद बरालले पुस्तकालय परियोजनाको संक्षिप्त जानकारी प्रदान गर्नुभएको थियो । 
निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपानेले भारतीय सहयोगले क्याम्पसलाई पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

यसै गरी कार्याक्रममा क्याम्पस सेवा आयोगका संयोजक राजेन्द्रकेशरी न्यौपानेले भारतीय सरकारको सहयोगका प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष शान्तिरमण वाग्लेले महामहिम राजदुत एवं अतिथिहरुलाई स्वागत गरेका थिए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अध्यक्ष समुन्द्र गोदारले क्याम्पसको तर्फबाट प्रमुख अतिथि एवं नेपालका लागि भारतीय राजदुत रन्जित रायलाई मायाको चिनो हस्तान्तरण गरेको थिए । आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय भवन उद्घाटन कार्याक्रम सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलले सञ्चालन गरेका थिए । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका वर्तमान तथा पूर्व अध्यक्ष एवं पदाधिकारी सदस्यहरु, क्याम्पस परिषदका सदस्यहरु, जग्गादाता, सहयोगदाता, छात्रवृत्ति संस्थापकहरु प्राध्यापक, कर्मचारी, विद्यार्थी, स्थानीय टोलवासीहरु, टोलसमुहहरु, आमासमुहहरु लगायतको उपस्थिति रहेको थियो ।

विज्ञानचौर टोल वासीहरुले राजदुत रायको स्वागतमा सडकको दायाँवायाँ घडा राखेका थिए भने साँस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेको थिए ।