पुस्तकालय प्रयोग सम्बन्धी जानकारीहरु

पुस्तकालय प्रयोग सम्बन्धी जानकारीहरु :

(१) सार्वजनिक बिदाको दिन बाहेक अरु दिन पुस्तकालय खुल्ला रहने छ ।
(२) जाडो समयमा बिहान ६ः३० बजे र अन्य दिनहरुमा बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म पुस्तकालय खुल्ला रहने छ ।
(३) विद्यार्थीहरुका लागि परिचय पत्र र पुस्तकालय कार्ड एउटै हुने छ । भर्ना भई अध्ययन गरेको तह पार गरी चारित्रिक प्रमाण पत्र लिनु अघिसम्म परिचय पत्र सुरक्षित राख्नु पर्ने छ । साथै परिचय पत्र साथमा नभएमा क्याम्पसका कुनै पनि सुविधा प्रदान गर्न क्याम्पस बाध्य हुने छैन ।  
(४) कार्ड बनाउन भर्ना भएको रसिद पुस्तकालयलमा पेश गरी पुस्तकालयबाट तोकिएको फारम भरी बुझाएको ३ दिनभित्र कार्ड पाइने छ ।
(५) कार्ड हराएमा प्रतिलिपि कार्ड निकाल्न क्याम्पस लेखा शाखामा रु.१००/– बुझाएको रसिद पेश गर्नु पर्ने छ ।
(६) क्याम्पसले मागेको जुनसुकै समयमा र Library Clearance लिनका लागि परिचय पत्र पेश गर्नु पर्ने छ । 
(७) पुस्तकालय सम्बन्धी कारोबार पुरा गरेपछि मात्र Library Clearance पाइने छ ।
(८) क्याम्पस र पुस्तकालय प्रवेश गर्न वा पुस्तकालय सुविधा लिनका लागि परिचय पत्र अनिवार्य हुने छ । आफ्नो परिचय पत्रबाट मात्र पुस्तकालय सुविधा उपभोग गर्न पाइने छ । अन्य विद्यार्थीको परिचय पत्रबाट सुविधा लिन खोजेमा त्यस्तो कार्ड जफत गरिने छ र पुस्तकालय सुविधा समेत रोक्का गरिने छ । 
(९) पुस्तकालय प्रवेश गर्दा झोला, छाता, Raincoat जस्ता व्यक्तिगत सामानहरु काउन्टर बाहिर रहेको ¥याकमा राख्नु पर्ने छ ।  पुस्तकालयसँग सम्बन्धित काम सकिएपछि अन्तमा पुस्तक लैजानु पर्ने भएमा कम्प्युटरमा Issue गराएर मात्र काउन्टरबाट लिनु पर्ने छ । 
(१०) पुस्तकालयको सुरक्षा तथा विभिन्न गतिविधिहरुको निगरानीका लागि चौविसै घण्टा CCTV सञ्चालन गरिएको छ । 
(११) पुस्तकालय विज्ञानको विश्व प्रसिद्ध सिद्धान्त Dewey Decimal Classification System अनुसार पुस्तकहरुको वर्गीकरण र व्यवस्थापन गरिएको छ ।
(१२) विद्यार्थीले १ पटकमा २ थानसम्म पुस्तक १५ दिनका लागि साथमा लगेर अध्ययन गर्न पाउने छन् ।
(१३) पुस्तकालयमा पुस्तक लेनदेन (Circulation) कक्ष, अध्ययन तथा अनुसन्धान कक्ष र Reference Section को अलगै व्यवस्थापन गरिएको छ ।
(१४) पत्रपत्रिका, सन्दर्भ पुस्तक, शोधपत्र तथा विभिन्न प्रतिवेदनहरु पुस्तकालय बाहिर लैजान पाइने छैन । सर्कुलेसन काउन्टरमा परिचय पत्र बुझाई अनुमति लिएर मात्र अध्ययन कक्षमा बसेर अध्ययन अनुसन्धानको सुविधा पाइने छ । 
(१५) अध्ययन, अनुसन्धान वा E-resource का लािग कम्प्युटर वा इन्टरनेटको सुविधा लिनका लागि सर्कुलेसन काउन्टरमा परिचय पत्र बुझाई अनुमति लिएर तोकिएको स्थान वा कम्प्युटरमा बस्नु पर्ने छ । कम्प्युटर वा प्रविधिको प्रयोग गर्दा प्रयोगकर्ताको लापरवाहीका कारण कुनै डिभाइस वा कम्प्युटरमा क्षति पुगेमा सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने छ ।
(१६) प्राध्यापकहरुले अध्ययन अध्यापन कार्यका लागि सम्बन्धित विषयको पुस्तक तथा सन्दर्भ सामग्रीको सुविधा पाउने छन् ।
(१७) समुदायका व्यक्ति  तथा क्याम्पसका सदस्यहरुले समेत पुस्तकालयमा अध्ययन, अनुसन्धानको सुविधा पाउने छन् ।
(१८) Online Public Access Catalogue (OPAC) सुविधा एन्ड्रोइड मोबाइलमा ABC Catalogue निशुल्क इन्स्टल गरेर वा कम्प्युटर मार्फत पनि लिन सकिने छ । 
(१९) पुस्तकालयमा तनहुँका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय पहिचान झल्कने विभिन्न फोटाहरु समेत राखिएका छन् ।
(२०) पुस्तकमा कुनै केरमेट गर्ने, च्यात्ने, बिगार्ने वा हराएमा सम्बन्धित व्यक्तिबाट पुस्तक मूल्यको दोब्बर रकम र विलम्ब शुल्क सहितको एकमुष्ठ रकम बुझाउनु पर्ने छ । 
(२१) पुस्तकालयका सबै कार्यहरु Automation गरिएकाले पुस्तक लेनदेनका सबै गतिविधिहरु सधँै रेकर्डमा रहि रहने छ । कुन विद्यार्थीले कुन कुन पुस्तक कति पटक, कहिले लगेको वा बुझाएको भन्ने रेकर्ड जहिले पनि हेर्न मिल्ने भएकाले पुस्तक बुझाइसकेपछि पनि पुस्तकमा कुनै गडबडी फेला परेमा जुनसुकै बेला पनि त्यस्ता विद्यार्थीलाई कारवाही गर्न सकिने छ ।
(२२) १५ दिनभित्रमा पुस्तक नबुझाएमा प्रतिदिन रु.१/– (एक रुपैयाँ) का दरले विलम्ब शुल्क लाग्ने छ । पुस्तक बुझाउने दिन क्याम्पस बिदा परेमा क्याम्पस खुलेकै दिन पुस्तक बुझाएमा विलम्ब शुल्क लाग्ने छैन । क्याम्पस खुलेको दिन पुस्तक नबुझाएमा १५ दिनपछिको सबै दिनको विलम्ब शुल्क लाग्ने छ । 
(२३) पुस्तकालयको नियम पालना नगर्ने र पुस्तकालयमा गफ वा हल्ला गर्ने विद्यार्थीलाई पुस्तकालय सुविधा उपलब्ध गराइने छैन र निजलाई पुस्तकालयबाट निष्काशन गर्न सकिने छ ।
(२४) पुस्तकालय विस्तारका लागि आफूसँग भएका पुस्तकहरु क्याम्पस पुस्तकालयलाई हस्तान्तरण गर्न सक्नु हुने छ । पुस्तक सहयोग गर्ने दाताहरुको अभिलेख राखी पुस्तकको संरक्षण गरिने छ । 
(२५) पुस्तकालयलाई व्यवस्थित र शान्त राख्न यहाँहरु सबैको सहयोगको अपेक्षा गरिएको छ ।