QAA PRT Visit 2012

आदिकवि भानुभक्त क्याम्पसको गुणस्तर अध्ययन, अवलोकन मापन कार्य समाप्त

आदिकवि भानुभक्त क्याम्पस दमौलीले विगत ३ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्नका लागि आवश्यक तयारी गर्दै आइरहेको थियो । यसै सन्दर्भमा क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार लगायत क्याम्पसका विभिन्न गतिविधिहरूको गुणस्तर मापन अध्ययन गर्ने कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट ग� ित गुणस्तर विश्वसनियता प्रत्यायन अवलोकन (पि.आर.टी.) समितिको टोली यही पौष १ गतेदेखि क्याम्पसमा आएको थियो । प्रा.डा. पृथुचरण वैद्यको संयोजकत्वमा अन्तर्राष्ट्रिय विशेषज्ञ डा. के. रमा, प्रा.डा. दिनेशराज पन्त, प्रा.डा. हृदयरत्न बज्राचार्य, डा. चन्द्रलाल श्रेष्� , शिक्षा महानिर्देशक डा. लभदेव अवस्थी प्रा.डा. कन्हैय माथेमा र विश्वविद्यालय अनुदान आयोगका क्यु.ए.ए. डिभिजन सहायक श्री सिताराम दाहाल सहितको टोलीले पौष ५ गतेसम्म क्याम्पसको शैक्षिक, भौतिक तथा प्राज्ञिक गतिविधिका बारेमा गुणस्तर विश्वसनीयता प्रत्यायन सम्बन्धमा विस्तृत अध्ययन गरेको थियो ।
क्यु.ए.ए.प्राप्त गर्न यसअघि नै क्याम्पसले विश्ववद्यालय अनुदान आयोगमा पेश गरेको स्वमुल्यांकन प्रतिवेदन (एस.एस.आर.) का आधारमा क्याम्पसका विभिन्न क्षेत्रको बारेमा अध्ययन, छलफल तथा अन्तरक्रिया र निरीक्षण सहित गुणस्तर अध्ययन, अवालोकन गरिएको थियो । क्यु.ए.ए. मान्यता प्राप्त गर्नका लागि तोकिएका १२० सूचकहरू समेटिएको विभिन्न ८ महत्वपूर्ण पक्षहरूमाथि विशेषज्ञ टोलीले गुणस्तर मापन अध्ययन गरेको थियो । अध्ययन, अवलोकनका ८ पक्षहरूमा (१) नीति तथा प्रकृया, (२) पा� ्यक्रम, (३) शिक्षण सिकाइ र मूल्यांकन, (४) अनुसन्धान, विशेषज्ञ सेवा र सामाजिक कार्य, (५) पूर्वाधार तथा अध्ययन श्रोतहरू, (६) विद्यार्थी सुविधा तथा सहयोग, (७) सूचना प्रणाली र (८) सार्वजनिक सूचना रहेका छन् ।
क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन र अध्ययन अनुगमन टोलीको सहभागितामा भएको छलफलमा क्यु.ए.ए.प्राप्त गर्न गरिएका प्रयासहरूमाथि अन्तरक्रिया भएको थियो । साथै अध्ययन टोलीले विभागीय प्रमुखहरू एवं क्याम्पसमा ग� न भएका विभिन्न उपसमितिहरू र विद्यार्थी प्रतिनिधीहरूबीच क्याम्पसको गुणस्तर सुधार गर्न भएका कार्यहरूका बारेमा छुट्टाछुट्टै अन्तरक्रिया गरी जानकारी लिएको थियो । उक्त अध्ययन टोलीले क्याम्पसको पुस्तकालय, शौचालय, छात्रावास, कम्प्युटर केन्द्र, विभागीय कार्यालयहरू, चमेना गृह, खेलमैदान, विज्ञान प्रयोगशाला, पिउने पानी, ईन्टरनेट सुविधा लगायतका भौतिक पूर्वाधाररूको निरीक्षण समेत गरेको थियो ।
क्याम्पसमा सञ्चालन भएका विभिन्न कक्षाहरू र शिक्षण विधिको अवलोकन गरिएको थियो । कक्षा अवलोकन पश्चात अध्ययन टोलीले विभागीय प्रमुखहरू सहित सम्पूर्ण प्राध्यापकहरूसँग वृत्ति विकास, क्याम्पसबाट प्रदान गरिएको सेवासुविधा तथा शैक्षिक गुणस्तर, शिक्षण विधि र शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धमा छलफल गरेको थियो ।
यसै गरी क्याम्पसमा भएको अनुसन्धान समिति र त्यसका गतिविधि बारे व्यापक अन्तरक्रिया समेत भएको थियो । अनुसन्धानमा सबै प्राध्यापकहरू लाग्नुपर्ने कुरामा जोड दिइएको थियो । पुस्तकालय र क्याम्पसको सूचना प्रविधिको बारेमा समेत छुट्टाछुट्टै अन्तरक्रिया र बै� क भएका थिए । क्याम्पसका पूर्वविद्यार्थीहरूसँग पनि क्याम्पसको तत्कालिन अवस्था र हालको अवस्थाको वीचमा भएको परिवर्तन तथा क्याम्पस विकासमा उनीहरूले पु¥à¤¯à¤¾à¤‰à¤¨ सक्ने योगदानका बारेमा अलग्गै छलफल भएको थियो ।
  अन्तर्राष्ट्रिय विशेषज्ञ सहितको उक्त टोलीले साँस्कृतिक तथा प्रतिभा प्रदर्शन कार्यक्रमको समेत अवलोकन ग¥à¤¯à¥‹ । उक्त अवसरमा क्याम्पसमा क्रियाशिल विद्यार्थी संघ संग� नहरु ने.वि.संघ, अनेरास्ववियु क्रान्तिकारी तथा अनेरास्ववियुका विद्यार्थी प्रतिनिधिहरूले अध्ययन टोलीलाई स्वागत तथा सम्मान गरेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विधामा आफ्नो प्रतिभाहरूको प्रदर्शन गरेका थिए ।
क्याम्पसको प्रशासन, पुस्तकालय, लेखा, परीक्षा लगायत शाखाहरूले प्रदान गर्ने सेवा र राखिएका अभिलेख तथा प्रतिवेदनहरुको छुट्टाछुट्टै निरीक्षण भएको थियो । उक्त टोलीले क्याम्पसको सरोकारवाला संघ–संस्थाहरूसँग र अभिभावकहरूसँग पनि क्याम्पसको गुणस्तर अभिवृद्धि गर्न र विश्वसनियता सम्बन्धमा छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो ।
यसै गरी पौष ५ गते अन्तर्राष्ट्रिय विशेषज्ञ सहितको उक्त टोलीले यसअघि विभिन्न पक्षहरुसँग गरेको अन्तरक्रिया, क्याम्पसमा भएका अभिलेखहरुको गहन अध्ययनका आधारमा क्याम्पसका सवल पक्ष, कमजोरी पक्ष, क्याम्पसका अवसर तथा चुनौतिहरुको विष्लेषण तथा क्याम्पसमा सुधार गर्नुपर्ने सुझावहरु सहितको प्रतिवेदन क्याम्पस सञ्चालक समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई बुझाए । अध्ययन टोलीले बुझाएको प्रतिवेदनका आधारमा क्याम्पसले ३ महिनाभित्र सुझाव कार्यन्वयन गर्नुपर्ने र उक्त अवधिसम्म विश्वविद्यालय अनुदान आयोगको क्यु.ए.ए.समितिले टोलीको प्रतिवेदन उपर छलफल र अध्ययन गरी क्याम्पसलाई गुणस्तर विश्वसनियता प्रत्यायन (क्यु.ए.ए.) को प्रमाणपत्र उपलब्ध गराउने कुरा विशेषज्ञ टोलीका संयोजक प्रा.डा. पृथुचरण वैद्यले बताउनुभयो । साथै उक्त मान्यता प्राप्त भएपछि क्याम्पससँग सम्बन्धित अभिभावक, विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला पक्षहरुलाई  विभिन्न किसिमका फाइदाहरु हुने समेत बताउनु भयो । उक्त प्रतिवेदनमा क्याम्पसका कमजोर पक्षहरुभन्दा सबल पक्षहरु उल्लेख्य रहेको बताइएको थियो । अध्ययन टोलीले क्याम्पसका कमजोरी पक्षहरुलाई सुधार गर्नका निम्ति बुदाँगत रुपमा तत्काल गर्नुपर्ने ११ ओटा सहित २६ ओटा सुझावहरु प्रस्तुत गरेका थिए । गुणस्तर मापन अध्ययन कार्यको समापन तथा अन्तर्राष्ट्रिय विशेषज्ञ सहितको  विश्वविद्यालय अनुदान आयोगको गुणस्तर विश्वसनियता प्रत्यायन समितिको टोलीको विदाई कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष शान्तिरमण वाग्लेले उक्त सुझावहरुलाई तत्काल कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उक्त कार्यक्रममा अध्ययन टोलीलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी सदस्य तथा प्राध्यापक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।