Scholarship Manual

आदिकवि भानुभक्त क्याम्पस
छात्रवृत्ति सञ्चालन निर्देशिका २०६९

क्याम्पस नियमावली २०४९ (संशोधन २०६७) ले दिएको अधिकार प्रयोग गरी क्याम्पस सञ्चालक समितिले यो छात्रवृत्ति सञ्चालन निर्देशिका २०६९ बनाई लागू गरेको छ ।

परिच्छेद : एक
प्रारम्भिक


१. सङ्क्षिप्त नाम र प्राररम्भ :
१.१ यो निर्देशिकाको नाम छात्रवृत्ति सञ्चालन निर्देशिका २०६९ रहने छ ।
१.२ यो निर्देशिका क्याम्पस सञ्चालक समितिबाट स्वीकृत भएको मितिदेखि लागू हुने छ ।

२. परिभाषा :
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,
२.१ “छात्रवृत्ति कोष” भन्नाले जेहेन्दार, अपाङ्ग, दलित, जनजाति एवम् आर्थिक रूपमा विपन्न छात्र–छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न स्थापित कोष सम्झनुपर्दछ ।
२.२ “छात्रवृत्ति” भन्नाले यस क्याम्पसका विभिन्न सङ्काय र तहमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्ति सम्झनुपर्दछ ।
२.३ “क्याम्पस” भन्नाले आदिकवि भानुभक्त क्याम्पस सम्झनुपर्दछ ।
२.४ “समिति” भन्नाले क्याम्पस सञ्चालक समिति सम्झनुपर्दछ ।
२.५ “छनौट समिति” भन्नाले क्याम्पस नियमानुसार गठित छात्रवृत्ति छनौट तथा सिफारिस समिति सम्झनुपर्दछ ।

परिच्छेद : दुई
उद्देश्य


२. यो निर्देशिका जारी गर्नुको उद्देश्य देहायबमोजिम रहेको छ :
२.१ क्याम्पसमा नियमितरूपमा अध्ययनरत असाहय, जेहेन्दार, शहिद तथा वेपत्ता परिवार, दलित, अपाङ्ग, पिछडिएको जनजाति, आर्थिकरूपले पिछडिएको वर्ग र छात्राहरूलाई उच्चशिक्षामा पहुँच वृद्धि गर्नु,
२.२ क्याम्पसमा अध्ययनरत छात्र–छात्राहरूलाई छात्रवृत्तिका लागि छनोटका आधारहरू निर्धारण गर्नु,
२.३ छात्रवृत्ति पाउने छात्र–छात्राहरूको योग्यता र छात्रवृत्ति माग गर्ने आधार तयार गर्नु,
२.४ छात्रवृत्ति प्रदान गर्ने (वितरण गर्ने) प्रक्रिया तयार गर्नु,
२.५ छात्रवृत्ति प्रदान गर्ने कार्यमा संलग्न निकायहरूको कार्यलाई सहज बनाउनु ।


परिच्छेद : तीन
छात्रवृत्तिको प्रकार, छनौट प्रक्रिया र छात्रवृत्ति रकम

३.१ छात्रवृत्तिको प्रकार :
छात्रवृत्ति कोष अन्तर्गत निम्नलिखित समूहका छात्र–छात्राहरूलाई छनौटका आधारमा छात्रवृत्ति प्रदान गरिने छ :
(क) जेहेन्दार छात्रवृत्ति
(ख) शहिद तथा वेपत्ता परिवार विद्यार्थी सहयोग छात्रवृत्ति
(ग) दलित
(घ) अपाङ्ग
(ङ) पिछडिएका जनजाति
(च) आर्थिक रूपमा पिछडिएका वर्ग
(छ) छात्रा छात्रवृत्ति

३.२ छात्रवृत्ति छनौट प्रक्रिया :
छात्रवृत्ति प्रदान गर्दा निम्नलिखित समूहका छात्र–छात्राहरूलाई छात्रवृत्तिका लागि छनौट गरिनेछ :
(क) अध्ययनमा जेहेन्दार छात्र–छात्राहरूलाई यो छात्रवृत्ति प्रदान गरिने छ । जेहेन्दार छात्रवृत्तिका लागि तल (ख) र (ग) को निर्धारित आधारहरू बमोजिम यो छात्रवृत्ति प्रदान गरिने छ ।
(ख) क्याम्पसमा अध्ययन गर्ने छात्र–छात्राहरूमध्ये सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने जेहेन्दार छात्र–छात्राहरूलाई प्रदान गरिने छ ।
(ग) यस छात्रवृत्ति प्रयोजनका लागि कक्षा ११ र कक्षा १२ वा सो सरहमा एस.एल.सी. वा सो सरहको परीक्षाको प्राप्त प्रतिशतको आधारमा जेहेन्दार छात्र–छात्राहरू छनौट गरिने छ । स्नातक तहमा कक्षा ११ र १२ वा सो सरहको परीक्षाको प्राप्त प्रतिशतको आधारमा स्नातकोत्तर तहमा स्नातक तहको परीक्षाको प्राप्त प्रतिशतको आधारमा जेहेन्दार छात्र–छात्राहरू छनौट गरिनेछ ।

३.२.३ शहिद तथा वेपत्ता परिवार विद्यार्थी सहयोग छात्रवृत्ति :
विभिन्न प्रकारका द्वन्द्वमा शहिद तथा वेपत्ता परिवारका यस क्याम्पसमा अध्ययनरत छात्र–छात्राहरूलाई क्याम्पसबाट छात्रवृत्ति प्रदान गरिनेछ ।

३.२.४ अपाङ्ग छात्रवृत्ति :
(क) अपाङ्गताको वर्गीकरण समेत राखी प्रमाणित गरी आएका अपाङ्गता भएका छात्र–छात्राहरूलाई यो छात्रवृत्ति प्रदान गरिने छ ।
(ख) अपाङ्गताको वर्गीकरण अपाङ्गताको मात्रा अनुसार सरकारबाट (क), (ख), (ग) र (घ) गरी आउनुपर्ने र छात्रवृत्ति दिदा प्राथमिकताको आधारमा दिइने छ । जसको आधार अनुसूची (१) मा दिइएको छ ।

३.२.५ दलित छात्रवृत्ति :
नेपाल सरकारको वर्गीकरणमा परेका दलित छात्र–छात्राहरूमध्ये पूर्व योग्यताको योग्यता क्रमको प्राथमिकताको आधारमा छात्रवृत्ति प्रदान गरिने छ । दलितहरूको विवरण अनुसूची (२) मा दिइएको छ ।

३.२.६ जनजाति छात्रवृत्ति :
नेपाल सरकारको वर्गीकरणमा परेका जनजातिका छात्र–छात्राहरूमध्येबाट अति उपेक्षितदेखि कम उपेक्षित सम्मको प्राथमिकता क्रमको आधारमा छनौट गरी यो छात्रवृत्ति प्रदान गरिने छ । जसको वर्गीकरण अनुसूची (३) मा दिइएको छ ।

३.२.७ आर्थिक रूपमा पिछडिएका वर्गका लागि छात्रवृत्ति :
आर्थिक रूपमा पिछडिएका वर्गका छात्र–छात्राहरूलाई छात्रवृत्तिका लागि छनौट गर्दा आर्थिक रूपमा कमजोर एवम् पिछडिएको हो भनी स्थानीय निकाय (गाविस÷नपा) को सिफारिस अनिवार्य पेश गर्नुपर्ने छ । छनौट गर्दा पूर्व योग्यताको प्रतिशतलाई नै आधार बनाइने छ ।

३.२.८ कोटा हस्तान्तरण हुन सक्ने :
यदि दलित, अपाङ्ग, जनजाति र आर्थिकरूपले पिछडिएका समूहरूको छात्रवृत्तिको कोटा रिक्त हुन आएमा सो कोटा जेहेन्दार समूहमा जानेछ ।

३.३ छात्रवृत्तिको रकम :
छात्रवृत्तिको रकम नियमिति विद्यार्थीहरूलाई देहाय बमोजिम हुने छ :
(क) कक्षा ११ र १२ का लागि : १५ प्रतिशत
(ख) स्नातक तहका लागि : १० प्रतिशत
(ग) स्नातकोत्तर तहका लागि : ५ प्रतिशत

३.४ दोहोरो छात्रवृत्ति नपाउने :
क्याम्पस छात्रवृत्ति कोषबाट छात्रवृत्ति रकम पाउन अन्यत्र कुनै पनि स्रोतबाट छात्रवृत्ति नपाएको हुनुपर्ने छ ।

परिच्छेद : चार
छात्रवृत्तिको लागि योग्यता

४.१ छात्रवृत्तिमा भाग लिनका लागि आवश्यक सर्तहरू :
क्याम्पसबाट छात्रवृत्ति लिनका लागि निम्नलिखित छात्र–छात्राहरूले मात्र भाग लिन पाउने छन् :
(क) नियमित विद्यार्थीको रूपमा अध्ययनरत,
(ख) अपाङ्ग छात्रवृत्तिका लागि अपाङ्गताको सीमाभित्र परेका अपाङ्गता भएका छात्र–छात्राहरू,
(ग) दलित छात्रवृत्तिका लागि नेपाल सरकारको वर्गीकरणमा परेका दलित छात्र–छात्राहरू,
(घ) जनजाति छात्रवृत्तिका लागि नेपाल सरकारको वर्गीकरणमा परेका जनजाति छात्र–छात्राहरूलाई
(ङ) आर्थिक रूपले पिछडिएको वर्गको छात्रवृत्ति पाउनको लगि गरिब एवम् आर्थिक रूपले पिछडिएको वर्गका छात्र–छात्राहरू हुनुपर्ने छ । आर्थिक रूपले पिछडिएको भन्नाले स्थानीय निकायबाट आर्थिक रूपले पिछडिएको सिफारिस भएको हुनुपर्ने छ ।

परिच्छेद : पाँच
छात्रवृत्तिको छनौटको परिधि र छात्रवृत्तिको कोटा निर्धारण

५.१ क्याम्पसको नियम २०४९ (संशोधन २०६७) को नियम ३(१३) बमोजिम गठित क्याम्पस छात्रवृत्ति छनौट तथा सिफारिस समितिले यस क्याम्पसमा अध्ययनरत छात्र–छात्राहरूसँग खुला दरखास्त आव्हान गरी प्राप्त दरखास्तहरूमध्येबाट अन्तर्वार्ता लिई तोकिएको आधार एवम् सङ्ख्या बमोजिम छात्रवृत्ति वितरण गरिन्छ ।

५.२ छनौट तथा सिफारिस समितिको काम, कर्तव्य र अधिकार :
छात्रवृत्ति छनौट तथा सिफारिस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
५.२.१ क्याम्पसमा छात्रवृत्ति आवेदन सम्बन्धी सूचना प्रकाशित गर्ने र छात्रवृत्ति आवेदन फारम वितरण गर्ने, गराउने ।
५.२.२ विद्यार्थीहरूबाट आवश्यक कागजात सहित फारमहरू सङ्कलन गर्ने ।
५.२.२ प्राप्त छात्रवृत्ति आवेदन फारम समूहगत रूपमा छानबिन गरी परिच्छेद (३) अनुसार छात्रवृत्तिका लागि छनौट गर्ने ।
५.२.३ छनौट गरिएका छात्र–छात्राहरूको नाम क्याम्पस सञ्चालक समितिमा पेश गर्ने ।
५.२.४ छात्रवृत्ति वितरणको प्रभावको मूल्याङ्कन गर्ने, गराउने ।
५.२.५ छात्रवृत्तिको कोटा सङ्कायगत रूपमा निर्धारण गर्दा भर्ना भएका विद्यार्थी सङ्ख्याको समेतका आधारमा गरिनेछ ।
५.२.६ छात्रवृत्तिको कोटा, बजेट, छात्रवृत्तिको माग तथा विभिन्न वर्गका विद्यार्थी सङ्ख्याको आधारमा वार्षिक रूपमा पुनरावलोकन गरिने छ ।
५.२.७ अन्य स्रोतबाट प्राप्त हुने छात्रवृत्तिसँग समन्वय गर्ने ।
५.२.८ छात्रवृत्ति वितरणको प्रतिवेदन तयार गर्ने ।

परिच्छेद : छ
छात्रवृत्ति माग गर्ने तथा छनौट गर्ने प्रक्रिया

६.१ छात्रवृत्ति माग गर्ने प्रक्रिया :
(क) क्याम्पस छात्रवृत्तिमा भाग लिन चाहने छात्र–छात्राहरूले रु.१०÷– तिरी अनुसूची (१२) बमोजिमको आवेदन फारम भरी क्याम्पस प्रशासनमा पेश गर्नुपर्ने छ र यसरी प्राप्त भएका फारमहरू क्याम्पस प्रशासनले छनौटका लागि छात्रवृत्ति छनौट तथा सिफारिस समितिमा पेश गर्नुपर्ने छ ।
(ख) छात्र–छात्राहरूले छात्रवृत्तिको लागि आवेदन दिँदा समूह तोकी आवेदन गर्नुपर्ने छ ।
(ग) छात्रवृत्तिको लागि आवेदन पेश गर्दा आवश्यक तोकिएका कागजातहरू संलग्न हुनुपर्दछ ।

६.२ छात्रवृत्ति छनौट गर्ने प्रक्रिया :
(क) क्याम्पसले निश्चित समय अवधि तोकी छात्रवृत्तिका लागि आवेदन आव्हान गरी छात्रवृत्ति आवेदन फारमसहित क्याम्पस छात्रवृत्ति छनौट तथा सिफारिस समितिमा पेश गर्नुपर्ने छ ।
(ख) क्याम्पस छात्रवृत्ति छनौट तथा सिफारिस समितिले कोटाका आधारमा छात्रवृत्ति छनौट गरी क्याम्पस सञ्चालक समितिमा सिफारिस गर्ने छ ।

परिच्छेद : सात
छात्रवृत्ति वितरण गर्ने प्रक्रिया


७. छनौटमा परेका छात्र–छात्राहरूको छात्रवृत्ति रकम क्याम्पस लेखा शाखाबाट प्रदान गरिने छ ।

परिच्छेद : आठ
छात्र–छात्राहरूले पालना गर्नुपर्ने शर्तहरू


८.१ क्याम्पसबाट छात्रवृत्ति पाउन छात्र–छात्राहरूले निम्नलिखित शर्तहरू पालना गर्नु पर्ने छ :
८.१.१ प्राप्त छात्रवृत्तिले क्याम्पसको मासिक शुल्क बुझाउनु पर्ने छ र मासिक शुल्क तिरी बाँकी रकम अन्य प्रयोजनमा खर्च गर्न पाइने छ ।
८.१.२ नियमित रूपमा कक्षामा उपस्थित हुनुपर्नेछ । सिकाइ उपलब्धिलाई माथि उठाउनु पर्नेछ ।

परिच्छेद : नौ
विविध


९.१ छात्रवृत्ति वितरण र छनौटको क्याम्पस सञ्चालक समितिले निरीक्षण र अनुगमन गर्न गराउन सक्ने छ ।
९.२ क्याम्पस सञ्चालक समितिले यो सञ्चालन निर्देशिका आवश्यकता अनुसार थपघट वा परिमार्जन गर्ने छ ।


*****


अनुसुची १
अपाङ्गताको वर्गीकरण

(क) पूर्ण असक्त अपाङ्गता :
दैनिक क्रियाकलाप सम्पादन गर्न अरुको सहयोग लिँदा पनि कठिनाई हुने अवस्थालाई पूर्ण असक्त अपाङ्गता मानिने छ ।
(ख) अति असक्त अपाङ्गता :
वैयक्तिक क्रियाकलापहरू सम्पादन तथा सामाजिक क्रियकलापमा संलग्न हुन निरन्तर अरुको सहयोग लिनुपर्ने स्थितिलाई अति असक्त अपाङ्गता मानिनेछ ।
(ग) मध्यम अपाङ्गता :
भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा र तालिम भएमा अरुको सहयोग लिएर वा नलिइकन नियमित दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थालाई मध्यम अपाङ्गता मानिनेछ ।
(घ) समान्य अपाङ्गता :
सामाजिक तथा वातावरणीय अवरोध नभएमा आफै नियमित दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थालाई सामान्य अपाङ्गता मानिने छ ।

अनुसूची २
दलित जातीय अनुसुची विवरण


दलितवर्गमा सूचीकृत जात–जातिहरूको वर्णानुक्रम अनुसारको जातीय अनुसूची
(क) पहाडे मूल :
१) गन्धर्व (गाइने)
२) परियार (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के)
३) बादी
४) विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनँरा, पार्की, टमटा)
५) सार्की (मिजार, चर्मकार, भूल)

(ख) मधेशी मूल :
६) कलर
७) ककैहिया
८) कोरी
९) खटिक
१०) खत्वे (मण्डल, खङ्ग)
११) चमार (राम, मोची, हरिजन, रविदास)
१२) चिडिमार
१३) डोम (मरिक)
१४) तत्मा (ताँती, दास)
१५) दुसाध (पासवान, हजरा)
१६) धोवि (रजक) हिन्दू
१७) पत्थरकट्टा
१८) पासी
१९) बातर
२०) मुसहर
२१) मेस्तर (हलखोर)
२२) सरभङ्ग (सरवरिया)

अनुसूची ३
जनजातिहरूको विवरण

 

ENDANGERED
GROUP

HIGHLY MARGINALIZED
GROUP

MARGINALIZED
GROUP

DISADANTAGED
GROUP

ADVANCED GROUP

SN

INDIGENOUS
PEOPLE

SN

INDIGENOUS
PEOPLE

SN

INDIGENOUS
NATIONALITIES

SN

INDIGENOUS
NATIONALITIES

SN

INDIGENOUS
NATIONALITIES

1

KUSUNDA

1

MAJHI

1

SUNUWAR

1

CHHAIROTAN

1

NEWAR

2

BANKARIYA

2

SIYAR

2

THARU

2

TANGBE

2

THAKALI

3

RAUTE

3

LOHMI

3

TAMANG

3

TINGAUNLE

 

 

4

SUREL

4

TUDAM

4

BHUJEL

4

THAKALI

 

 

5

HAYU

5

DHANUK

5

KUMAL

5

BARAGAUNLE

 

 

6

RAJI

6

CHEPANG

6

RAJBANGSHI

6

MARPHALI

 

 

7

KISAN

7

SANTHAL

7

GANGAAI

7

GURUNG

 

 

8

LEPCHA

8

JHANGAD

8

DHIMAL

8

MAGAR

 

 

9

MECHE

9

THAMI

9

BHOTE

9

RAI

 

 

10

KUSWADIYA

10

BOTE

10

DARAI

10

LIMBU

 

 

 

 

11

DANUWAR

11

TEJPURIYA

11

SHERPA

 

 

 

 

12

BARAMU

12

PAHARI

12

YAKKHA

 

 

 

 

 

 

13

TOPKEGOLA

13

CHHANTYAL

 

 

 

 

 

 

14

DOLPO

14

JIREL

 

 

 

 

 

 

15

FRI

15

BYANSI

 

 

 

 

 

 

16

MUGAL

16

YOLMO

 

 

 

 

 

 

17

LARKE

 

 

 

 

 

 

 

 

18

LOHPA

 

 

 

 

 

 

 

 

19

DURA

 

 

 

 

 

 

 

 

20

WALUNG

 

 

 

 

 

अनुसूची ४
छात्रवृत्ति संस्थापक एवम् कोष विवरण:

क्र. स. संस्थापकको नाम प्रतिनिधि ठेगाना कोष (रु.) छात्रवृत्ति कोषको नाम
रामबहादुर पाण्डे भोजबहादुर पाण्डे पोखरी भञ्ज्याङ ३,५१,०००।०० धर्मगङ्गा
कल्याण गौतम कल्याण गौतम व्यास ११ ३,३७,५००।०० मुरारी मुक्ता 
पदमवहादुर भट्ट / यशोदा भट्ट पदमबहादुर भट्ट व्यास १ गल्वुवेशी १,०३,१०१।०० बालकृष्णस्मृति 
सावित्री हड्खले महाप्रसाद हड्खले व्यास १ १,०१,१११।०० गणेशस्मृति 
वाराही आवासीय उ.मा.वि. डा. ईश्वरचन्द्र वाग्ले व्यास १० १,००,००८।०० वाराही 
सन्तकुमार श्रेष्ठ   व्यास २  १,००,०००।०० शिवस्मृति
नारायणीदेवी पौडेल   व्यास ११ १,००,०००।०० तिलक 
स्व. ब्रह्मदत्त तिवारी   देवघाट १,००,०००।०० ब्रह्मदत्त 
ताराप्रसाद श्रेष्ठ बुद्धिमान श्रेष्ठ व्यास ११ १,००,०००।०० रत्नहरि 
१० बावुलाल श्रेष्ठ बावुलाल श्रेष्ठ व्यास ११ २६,१५१।०० भर्लेली 
११ श्रीकान्त पण्डित   स्याम्घा २५,०००।०० गुरुप्रसाद पण्डि स्मृति
१२ जितप्रसाद बतास जितप्रसाद बतास छाङ १०,५००।०० हरिश्चन्द्र स्मृति 
१३ काशिराम÷हरिराम÷श्रीराम श्रेष्ठ काशिराम श्रेष्ठ व्यास २ १,५१,५५१।०० मोति–शिव
१४ मोतीकुमार श्रेष्ठ मोतीकुमार श्रेष्ठ व्यास २ वार्षिक नगद ६,०००।०० श्याम–न्याउ स्मृति
१५ रोटरी ल्कब दमौली अध्यक्ष, रोटरी ल्कब व्यास २ वार्षिक नगद ५,०००।०० रोटरी सचिन स्मृति
१६ प्रकाश पन्थ प्रकाश पन्थ व्यास १ वार्षिक नगद २,०००।०० अपाङ्गता सहयोग

 

अनुसूची ५
सूचना

 

........... तहमा अध्ययनरत विद्यार्थीहरूका लागि
छात्रवृत्तिको दरखास्त दिने एवं अन्तरवार्ता सम्बन्धी
सूचना
उपर्युक्त सम्बन्धमा यस क्याम्पस अन्तरगत स्नातक तह प्रथम, द्वितीय र तृतीय वर्षमा अध्ययनरत शहिद एवं वेपत्ता परिवार, जेहेन्दार, दलित, जनजाति, आर्थिक रूपले विपन्न छात्रछात्राहरूलाई प्राथमिकता दिई क्याम्पसबाट वितरण गरिने छात्रवृत्तिका लागि आवेदन खुलेकोे व्यहोरा जानकारीका लागि सूचित गरिन्छ ।
आवश्यक कागजपत्रहरू :
(क) छात्रवृत्ति फारमको विवरण भरी रु ....... को रसिद लिई ......... गते भित्र पेश गर्नुपर्ने ।
(ख) फारममा हालसालै खिचेको १ प्रति फोटो अनिवार्य रूपमा राख्नुपर्नेछ ।
(ग) तल्लो तहको मार्कसिट, प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको फोटोकपी फारमसाथ पेश गर्नुपर्नेछ ।
(घ) शहिद, वेपता परिवार र दलित देखिने प्रमाणित कागज पेश गर्नुपर्नेछ ।
(ङ) सम्बन्धित विद्यार्थी सम्बन्धित कक्षामा भर्ना भएको हुनुपर्नेछ ।
(च) अपाङ्गता भएका विद्यार्थीहरूले छात्रवृत्ति फारम भर्नुपर्ने छैन । अपाङ्गता परिचयपत्रको प्रतिलिपि सहितको निवेदन दिएमा नियमानुसारको छात्रवृत्ति सुविधा प्राप्त गर्नेछन ।
अन्तरवार्ता :
(क) मानविकी सङ्कायका विद्यार्थीहरूको २०..../..../... गते ... बजेदेखि ।
(ख) व्यवस्थापन सङ्कायका विद्यार्थीहरूको २०.../..../... गते ... बजेदेखि ।
(ग) शिक्षाशास्त्र सङ्कायका विद्यार्थीहरूको २०.../...../.... गते ... बजेदेखि ।

 

......................
क्याम्पस प्रमुख

 

 

अनुसूची ६
मूल्याङ्कनका आधार

 

विवरण पूर्णाङ्क विवरण पूर्णाङ्क
नियमितता जनजाति
आन्तरिक परीक्षा दुर्गम (२–५)
अनुशासन सहिद/वेपत्ता परिवार
अघिल्लो पटक छात्रवृत्ति प्राप्त गरेपछि उत्तीर्ण गरेको प्रति विषय १ आर्थिकरुपमा पिछडिएको १०
शैक्षिक योग्यता दलित १०
विशिष्ट श्रेणी २५ महिला
प्रथम श्रेणी २२ समान्य ज्ञान÷विषय वस्तु
द्वितीय श्रेणी २० सिमान्तकृत १०
तृतीय श्रेणी १५ कूल पूर्णाङ्क १००

 

अनुसूची ७
कोटा निर्धारणका आधार

कूल छात्रवृत्ति कोटा: हरेक शैक्षिक सत्रमा तहगत रूपमा नियमित विद्यार्थीको कूल सङ्ख्यालाई निर्धारित कोटाको आधारमा रकम विनियोजन हुनेछ ।

तह गत कोटा निर्धारण:

Level Total Admission No of Scholarship Ration Quota
Master Degree        
MA I / M.ED. I        
MA II / M.ED. II        
Bachelor Degree        
BA I        
BA II        
BA III        
BBS I        
BBS II        
BBS III        
B Ed I        
B Ed II        
B Ed III        
One Year B Ed        
HSEB        
Class 11, 12        

शुल्क छुट:

१) अपाङ्गता भएका विद्यार्थी: भर्ना र मासिक शुल्कमा ५० प्रतिशत छुट ।
२) विशिष्ट श्रेणी: भर्ना र मासिक शुल्कमा ७५ प्रतिशत छुट ।
३) प्रथम श्रेणी: (क) ७० प्रतिशत भन्दामाथि भएमा भर्ना र मासिक शुल्कमा ५० प्रतिशत छुट ।
(ख) ६० देखि ७० प्रतिशत भित्र भएमा भर्ना र मासिक शुल्कमा ३३ प्रतिशत छुट ।
४) वार्षिक परीक्षामा तहगत उच्चतम् अङ्क प्राप्त गर्ने विद्यार्थीलाई रु.३,०००/–
५) आन्तरिक परीक्षामा तहगत उच्चतम् अङ्क प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीलाई १ महिनाको मासिक शुल्क छुट ।
६) अन्तर्राष्ट्रिय विद्यार्थीलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट ।
७) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद तथा कला क्षेत्रमा विशेष योगदान पु¥याएका विद्यार्थीहरूलाई भर्ना तथा मासिक शुल्कमा ५० प्रतिश छुट ।
८) लोपोन्मुख, अतिसिमान्तकृत विद्यार्थीलाई भर्ना तथा मासिक शुल्कमा ५० प्रतिशत छुट ।

 

अनुसुची ८
छात्रवृत्ति अन्तवार्ताको विधार्थी हाजिरी

 

क्र.सं. नामथर रो.नं. ठेगाना उपस्थिति
         
         
         
         
         
         
         
         
         

 

अनुसूची ९
छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरूको विवरण

 

आदिकवि भानुभक्त क्याम्पस
आ.व. ............का लागि कक्षा .............. का छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरूको विवरण
क्र.सं. नामथर रो.नं. तह सङ्काय ठेगाना छात्रवृत्ति किसिम रकम (रु.)  
                 
                 
                 
                 
                 
                 
                 
                 
                 

 

अनुसूची १०
छात्रवृत्ति मुल्याङ्कन फारम

अनुसूची ११
छात्रवृत्ति आवेदकले पेश गर्नुपर्ने कागजात

१) चारित्रिक प्रमाणपत्र÷मार्कशिटको प्रतिलिपि
२) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) फोटो सहितको छात्रवृत्ति आवेदन फारम
४) निम्न आर्थिक अवस्था प्रमाणित गर्ने सिफारिस÷कागजात
५) अपाङ्गता प्रमाणित गर्ने कागजपत्र
६) जेहेन्दार प्रमाणित गर्ने कागजात


अनुसूची ११
क्याम्पसको विघानमा रहेको छात्रवृत्ति छनौट एवं सिफारिस समितिको प्रावधान

३.१३ छात्रवृत्ति छनौट एवं सिफारिस समिति :
(क) क्याम्पसमा नियमित रूपमा अध्ययनरत असहाय एवं जेहेन्दार छात्रछात्राहरूलाई क्याम्पसबाट वितरण गरिने छात्रवृत्ति र विभिन्न महानुभावबाट स्थापित छात्रवृत्ति कोषबाट वितरण गरिने छात्रवृत्ति वितरणका लागि सिफारिस गर्न निम्नानुसारको समिति गठन गरिनेछ :
(१) क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष : संयोजक
(२) सङ्काय प्रमुखहरू : सदस्य
(३) छात्रवृत्ति संस्थापक मध्ये : २ : सदस्य
(४) स्व.वि.यु. सभापति÷प्रतिनिधि :१ : सदस्य
(५) विद्यार्थी सङ्घ–सङ्गठनका १÷१ जना प्रतिनिधि
(क्याम्पसमा दर्ता भएका÷स्व.वि.यु. निर्वाचनमा भाग लिएका) : सदस्य
(६) क्याम्पस सञ्चालक समितिले तोकेको सहायक क्याम्पस प्रमख: : सदस्य–सचिव
(ख) मनोनीत संयोजक एवं सदस्यहरूको पदावधि बढीमा ३ वर्षको हुनेछ ।


अनुसूची १२
छात्रवृत्ति आवेदन फारम