
आदिकविमा आधारभूत पुस्तकालय तथा सूचना व्यवस्थापन तालिम सम्पन्न
चैत्र २८,दमौली
आदिकवि भानुभक्त क्याम्पस दमौलीको व्यवस्थापन तथा नेपाल राष्ट्रिय पुस्तकालय हरिहर भवन ललितपुरको आयोजनामा चैत्र २३ देखि सञ्चालित १ हप्ते आधारभूत पुस्तकालय तथा सूचना व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ । क्याम्पस पुस्तकालय सल्लाहकार समितिका संयोजक प्रेमप्रकाश भट्टराईको सभापतित्वमा आयोजित समापन कार्यक्रमको प्रमुख अतिथिमा माननीय संविधान सभा सदस्य रामचन्द्र पोखरेल रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै सभासद पोखरेलले राष्ट्रको विकासका लागि स्तरीय शैक्षिक सस्था हुन जरुरी रहेको धारण व्यक्त गर्दै शैक्षिक सस्था स्तरीय वनाउनका लागि अत्याधुनिक पुस्तकालयको खाचो रहेको औल्याउनु भएको थियो ।
सो समापन कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारी, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्षहरु तारा प्रसाद श्रेष्ठ, शान्ति रमण वाग्ले, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, निवर्तमान क्याम्पस प्रमुख वैकुण्ठ न्यौपाने, क्या.स.स कृष्ण राज घिमिरे, नेपाल राष्ट्रिय पुस्तकालयका पुस्तकालय प्रमुख यादव चन्द्र निरौला, सहभागी दुर्गा भक्त अधिकारी, विष्णु देवी सुवेदी, अन्जना शर्मा, रामशरण न्यौपाने लगाएतले तालिमको अनुभव का साथै तालिममा सिकेका सिपहरु व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनु भएको थियो । उक्त तालिममा नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख निरौला र अधिकृत प्रेमराज अधिकारीले प्रशिक्षण दिनुभएको थियो । सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानले स्वागत गर्नुभएको थियो ।
तनहुँ, लम्जुङ, कास्की, स्याङजा, पर्वत र म्याग्दी जिल्लाका पब्लिक क्याम्पसका पुस्तकालय र तनहुँका विभिन्न उच्च माध्यामिक विद्यालय, शैक्षिक तालिम केन्द्र तथा सार्वजनकि पुस्तकालयका कर्मचारीहरु गरी तालिममा २७ जनाको सहभागिता रहेको थियो ।