Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

कक्षाकोठाको व्यवस्थापन विषयक सेमिनार कार्यक्रम

News & Events Image

Published by: admin

2024-04-28

आदिकवि भानुभक्त क्याम्पसमा 'कक्षाकोठाको व्यवस्थापन' विषयक सेमिनार कार्यक्रम सम्पन्न भएको छ। स्नातकोत्तर तहमा एमएड इपिएम विषयमा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको उक्त सेमिनारको उद्घाटन सत्र क्याम्पसको शिक्षा शास्त्र विभागका प्रमुख सहायक प्राध्यापक गजेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि क्याम्पस प्रमुख महाप्रसाद हडखलेले गुणस्तरीय शिक्षाका लागि कक्षा कोठाको व्यवस्थापन अत्यन्तै महत्त्वपूर्ण विषय भएको र सुविधायुक्त र सूचना प्रणालीका साधनले सम्पन्न कक्षा कोठा अहिलेको आवश्यकता भएको बताउँदै सेमिनार कार्यपत्रमा उठाइएको क्याम्पसको कक्षाकोठाको व्यवस्थापन सम्बन्धी कमजोरी पक्षलाई क्याम्पसले छिट्टै सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमाथि शिक्षण अभ्यास समितिका संयोजक उपप्राध्यापक लालप्रसाद भट्टराई र  विषयगत प्राध्यापक कल्पना आचार्यले टिप्पणी गर्नुभएको थियो। ईपीएम चौथो सेमेस्टरको विद्यार्थी सुनिता अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त उद्घाटन सत्रमा ईपिएम चौथो सेमेस्टरको विद्यार्थी पूर्णिमा क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो। सो अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य होमबहादुर रसाइलीले पनि मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका सहभागीहरूलाई ईपिएम चौथो सेमेस्टरका विद्यार्थी फलबहादुर थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन ईपिएम चौथो सेमेस्टरका विद्यार्थी राजन परियारले गर्नुभएको थियो। कार्यक्रममा सहायक प्राध्यापक विष्णु हडखले,  सहायक प्राध्यापक नारायणी अधिकारी र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू समेतको उपस्थिति रहेको थियो। सेमिनार शैक्षणिक योजना तथा व्यवस्थापन  (५४२) विषयको प्राक्टिकम अन्तर्गत आयोजना गरिएको थियो ।