Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Case Diagnosis Competition

News & Events Image

Published by: admin

2024-04-26

त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायमा कास्की र तनहुँ जिल्लामा एम वि एस तहमा अध्ययन गर्ने विद्यार्थीहरु विच समस्या निदान प्रतियोगिता (Case Diagnosis Competition) गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस (जीएमएमसि) पोखरा, म न पा -१७ छोरेपाटनमा बिहीबार बिहान सुरु भएको छ। प्रमुख अतिथि एवं जीएमएमसि सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। उक्त अवसरमा जीएमएमसिका क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि एवं आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले र पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख ध्रुव बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो। उद्घाटन कार्यक्रमको अध्यक्षता क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख राजकुमार सुवेदीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन क्याम्पसको बाह्य सम्बन्ध विस्तार समितिका संयोजक दुर्गानाथ पौडेलले गर्नुभएको थियो।
सहभागी विद्यार्थीहरूलाई ज्ञानको हस्तान्तरणका साथसाथै सिपको हस्तान्तरण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको छ। व्यवस्थापन संकाय अन्तर्गत त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा केसको अध्ययनलाई एउटा शिक्षण विधिको रुपमा अगाडि सार्दै आइरहेको छ।
स्नातकोत्तर तहमा एमबिएस अध्ययन गर्ने विद्यार्थीहरूले अध्ययन सकेर उपाधि लिदै गर्दा सिप र क्षमता बिकास गरुन भन्ने उद्देश्यले विश्विद्यालयले केसलाई प्राथमिकताका साथ एमबिएस तहको पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउँदै आइराखेको छ। प्रतियोगिताको आयोजना गरेको आयोजक क्याम्पसले
विद्यार्थीहरुले अरुभन्दा म केमा फरक छु भन्ने सोच्न, रोजगारीका लागि बजार खोज्ने होइन बजारले विद्यार्थी खोजी गर्ने बनाउन र विद्यार्थीहरूको व्यक्तित्वमा मूल्य थपियोस (Value Add) भन्ने अभिप्रायले समाजका समस्याहरूलाई निदान गर्न सक्ने बनाउने गरि सिपको विकास गर्नकालागि केस डायग्नोसिस प्रतियोगिताको पहिलो पहिलोपटक आयोजना गरेको क्याम्पस सञ्चालक समितिको अध्यक्ष सुवेदीले बताउनुभएको छ। उक्त प्रतियोगितामा कास्की जिल्लाका पृथ्वीनारायण क्याम्पस, जीएमएमसि, कन्या क्याम्पस पोखरा, जनप्रिय बहुमुखी क्याम्पस र तनहुँको आदिकवि भानुभक्त क्याम्पसका एम वि एस तहमा अध्ययन गर्ने विद्यार्थीहरूले ३/३ जनाको समूहमा सहभागिता जनाएका छन्। प्रतियोगिताको पहिलो दिन वैशाख १३ गते विद्यार्थीहरूले आफूलाई दिइएको केसको समूहमा छलफल गरी डायग्नोसिस गरी बुझाउने छन्। दोस्रो दिन वैशाख १४ गते सहभागी विद्यार्थीहरुले आफूले डायग्नोसिस गरेको केसको समूहगत प्रस्तुतिकरण गर्नेछन्। समूहगत प्रस्तुतिकरण पश्चात विद्यार्थीहरूलाई विज्ञहरूले पृष्ठपोषण दिने र उत्कृष्ट समूहलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख धर्मराज बरालले बताउनुभएको छ।प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने समूहलाई क्रमश ५ हजार, ४ हजार र ३ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजक क्याम्पसले जनाएको छ।
The Case Diagnosis Competition among the students studying at MVS level in Kaski and Tanahun districts under Tribhuvan University, Gupteshwar Mahadev Multipurpose Campus (GMMC) Pokhara, Man Na Pa-17 Chorepatan has started on Thursday morning. Chief guest and chairman of GMMC Board of Directors Sriram Subedi inaugurated the competition. On this occasion, GMMC campus chief Dharmaraj Baral gave a welcome speech.
The competition has been organized with the aim of imparting knowledge as well as imparting skills to the participating students. Under Faculty of Management, Tribhuvan University has been promoting case study as a teaching method at undergraduate and postgraduate levels.
With the aim of developing the skills and abilities of the students studying MBS at the post-graduate level, the university has been teaching the study by keeping the case as a priority in the MBS level curriculum. The competition is organized by the host campus.
The campus management committee organized the case diagnosis competition for the first time in order to make students think about what makes them different from others, to make the market search for students instead of looking for jobs and to add value to the personality of the students so that they can diagnose the problems of the society. President Subedi has said. In this competition, students studying at the MVS level from Kaski District's Prithvi Narayan Campus, GMMC, Kanya Campus Pokhara, Janapriya Multiple Campus and Tanahun's Adikavi Bhanubhakta Campus participated in groups of 3/3. On the first day of the competition, on 13th Baisakh, the students will discuss the case given to them in a group and give a diagnosis. On the second day, on 14th Baisakh, the participating students will make a group presentation of the cases they have diagnosed. Campus head Dharmaraj Baral said that after the group presentation, the students will be mentored by experts and the best group will be rewarded. The organizing campus said that there will be a program of awarding 5,000, 4,000 and 3,000 prizes and certificates to the first, second and third placed groups in the competition.