Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

जनसङ्ख्या विषयको आधुनिक शिक्षण अभिमुखीकरण

News & Events Image

Published by: admin

2024-04-28

आदिकवि भानुभक्त क्याम्पसमा जनसङ्ख्या विषयको आधुनिक शिक्षण विधि सम्बन्धमा विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आइतबार बिहान सम्पन्न भएको छ। उक्त कार्यक्रम क्याम्पसको शिक्षाशास्त्र विभागका प्रमुख गजेन्द्र पौडेलको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममाबोल्दै कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुखले गुणस्तरीय शिक्षणका लागि शिक्षण विधिमा आधुनिकतालाई अपनाउन र सूचना तथा सञ्चार प्रविधिलाई कक्षा कोठामा भित्र्याउनु अत्यन्तै जरुरी भएको बताउनुभएको थियो। विषय विज्ञ एवं पृथ्वीनारायण क्याम्पसका जनसङ्ख्या विषयका उपप्राध्यापक सुदेश पण्डितले  विद्यार्थीहरूलाई अभिमुखीकरण गराउनु भएको थियो। कार्यक्रमको सहभागीहरूलाई उपप्राध्यापक भोजराज देवकोटाले स्वागत गर्नुभएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत बीएड तेस्रो वर्षमा अध्ययनरत १२० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।  सो कार्यक्रम स्नातक तहमा मोडर्न मेथड अफ टिचिङ पपुलेसन (४३९) विषयको प्राक्टिकम अन्तर्गत रहेर आयोजना गरिएको थियो।  उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले गर्नुभएको थियो।