Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

गणित शिक्षणका वर्तमान प्रवृत्ति

News & Events Image

Published by: admin

2024-05-05

आदिकवि भानुभक्त क्याम्पसमा 'गणित शिक्षणका वर्तमान प्रवृत्ति' विषयक एक दिने अभिमुखिकरण कार्यक्रम आइतवार बिहान सम्पन्न भएको छ । कार्यक्रम गणित विषय अध्ययनरत विद्यार्थीहरुको साझा संस्था एविसि विज्ञान सर्कलले आयोजना गरेको थियो । कार्यक्रम सर्कलका अध्यक्ष बर्षी गुरुङ्को अध्यक्षतामा भएको थियो। कार्यक्रममा विज्ञद्वय त्रिवि ताहाचल क्यामपसका उपप्राध्यापक व्यास-६, शिसाघाटका स्थाई निवासी डा. श्री प्रसाद घिमिरे र क्याम्पसका शिक्षा शास्त्र विभागका प्रमुख सहायक प्राध्यापक गजेन्द्र पौडेलले गणित शिक्षणका वर्तमानको प्रवृत्ति तथा चुनौती र समाजले २१औं शताब्दिमा खोजी गरिरहेको असल शिक्षकका विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गराउनु भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसमा गणित विषयको गुणस्तरीय अध्ययन अध्यापनको लागी गणित शिक्षक तथा गणित विषयका विद्यार्थीहरुको लागी सुविधाजनक भौतिक तथा शैक्षिक व्यावस्था मिलाउन प्रतिवद्ध रहेको बताउनु भएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले समाजका लागी गुणस्तरीय उच्च शैक्षिक जनशक्ति उत्पादनको सामाजिक उत्तरदायित्त्ववाट निर्देशित भएर सिमित श्रोत र साधन र न्यून विद्यार्थी संख्याको बावजुद पनि स्नातक तहमा गाणित विषय शिक्षणको व्यावस्थापनलाई प्रथामिकतामा राखेको बताउँदै अध्यापनमा संलग्न गणित विषयका प्राध्यापक र विद्यार्थीहरुलाई यस क्षेत्रमा गणित विषयको अध्ययन अध्यायपनमा आकर्षण थप्ने गरि कार्ययोजना बनाएर समूदाममा जागरणका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भएको थियो। सो कार्यक्रममा हालै विद्यावारिधि को अध्ययन सम्पन गर्नुभएकोमा घिमिरेलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ, क्याम्पस प्रमुख हड़खले, सहायक क्याम्पस प्रमुख द्वय डा. राम कुमार अधिकारी र सागर पौडेल, आन्तरिक गुणस्तर सुनिश्चितता समिति, विशेश्वर प्रसाद तिमल्सेना शिक्षाशास्त्रका विभागी प्रमुख पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ ईकाई उपाध्यक्ष चिरन्जिवी बस्नेत, स्ववियू अध्यक्ष गौरव पन्थ र कार्यक्रमका सभाध्यक्ष बर्ष गुरुङले दोसल्ला, अविर र खादा पहिराई दिएर सम्मान गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य दिदै सर्कलका उपाध्यक्ष सञ्जय गुरुङले क्याम्पसमा परिक्षा केन्द्रित नभई सिप केन्द्रित शिक्षण हुनुपर्ने, गणित शिक्षण हुने कक्षी कोठा र गणित प्रयोगशाला थप सुविधा सम्पन्न बनाउनु पर्ने, गणित शिक्षणमा आइसिटि सिप प्रयोग हुनुपर्ने, गणित विषय अध्ययन गर्न विद्यार्थी नडराउन भन्ने उद्देश्यले मैत्रिपूर्ण बातावरणमा अध्यापन गर्ने बातावरण मिलाउनुपर्ने जस्ता सुझाव दिनु भएको थियो । सो अवसरमा सर्कलले तिहारमा मैले खेली संकलन गरेको रकमबाट क्याम्पसमा गणित विषय लिएर अध्ययनरत कक्षा ११ का विद्यार्थी आशिक विकलाई ४ हजार ५ सय र स्नातक तह विषड प्रथम वर्षकी छात्रा मुना न्यौपानेलाई ६ हजार नगद छात्रवृत्ति प्रदान गरिएको थियो। अभिमुखीकरण कार्यक्रमको सञ्चालन सर्कलकी सचिव संगिता बरालीले गर्नु भएको थियो।