Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

Women and Girls in Astronomy

News & Events Image

Published by: admin

2024-03-12

अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तथा अन्तर्राष्ट्रिय खगोलविज्ञान संस्था (International Astronomical Union) को कार्यक्रम नेपालमा खगोल विज्ञानमा महिला ( Women and girls in Astronomy) महिना 2024 को अवसरमा आदिकवि भानुभक्त क्याम्पस विज्ञान तथा प्रविधि विभागको संयोजनमा आज बिहान भर्चुअल माध्यमबाट खगोल विज्ञानमा महिला शीर्षकमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल खगोल विज्ञान समाज( Nepal astronomical society) कि कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय खगोल विज्ञान संस्था की खगोल विज्ञानमा महिला कार्यक्रमकी नेपाल प्रतिनिधि मनिषा द्वाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा द्वाले समावेशीकरणको लागि नेपाल खगोल विज्ञान समाजले गरेका कार्यहरू र आम मानिसहरूले आ-आफ्नो समुदायमा आफ्नो खगोलीय यात्रा सुरु गर्न सक्छन् भन्ने विषयमा नासोका कार्यहरू प्रस्तुत गरिन्। सहभागीहरूले रातको आकाशसँग सम्बन्धित प्रश्नहरू सोधेका थिए साथै खगोल विज्ञान शिक्षा गतिविधिहरू सञ्चालन गर्न कम लागत सामग्री कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा राखेका थिए। नेपाल खगोल विज्ञान समाजका संयोजक सुरेश भट्टराईले समापन मन्तव्य राख्दै विभिन्न जिज्ञासाहरूको सहजीकरण समेत गर्नुभएको थियो कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर रामकुमार अधिकारी , विज्ञान विभागका उपप्राध्यापक रूपक श्रेष्ठ , उपप्राध्यापक प्रकाश गैह्रे, सहायक प्राध्यापकहरू सरला देवकोटा, रमेश गिरी साथै स्नातक विज्ञान शिक्षाका विधार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेले गर्नुभएको थियो।