Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

छात्रावासको आयोजनामा आमाहरूको सम्मान तथा फेरि भेटौँला कार्यक्रम

News & Events Image

Published by: admin

2024-05-08

आदिकवि भानुभक्त क्याम्पस अन्तर्गत सञ्चालित सहिद चन्द नेपाली छात्रावासको आयोजनामा आमाहरूको सम्मान तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम अन्तर्गत आज २०८०.१.२६ गते छात्रावासमा बसेर अध्ययन गरिरहेका छात्रा विद्यार्थीहरूका आमाहरूलाई सम्मान गरिएको छ । माता तिर्थ औशी अथवा आमाको मुख हेर्ने औशीको अवसर पारेर सम्मान कार्यक्रम राखिएको हो । कार्यक्रम छात्रावासका प्रमुख एवं क्याम्पसका नेपाली विषयका सहायक प्राध्यापक मिना श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले छात्रावासको सञ्चालन र व्यवस्थापनका लागि क्याम्पस सञ्चालक समितिले स्रोत र साधनहरूको खोजी र परिचालनलाई महत्वका साथ अगाडि बढाइएको बताउनुभएको थियो। कार्यक्रममा शुभकामना व्यक्त गर्दै क्याम्पस प्रमुख महाप्रसाद हडखलेले २००७ सालमा प्रजातन्त्रका लागि बन्दीपुरमा राणाशाहीको गोली बाट मारिएका सहिद चन्द्रबहादुर सार्कीको सम्मानमा स्थापना गरिएको उक्त छात्रावासमा ८० जना छात्राहरुलाई सुरक्षित आवास सुविधा सहित उनीहरुलाई खाने बस्ने पढ्ने अवसर प्रदान गर्दै आइएको बताउनुभएको थियो। कार्यक्रममा छात्रावास व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर रसायली, आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुङ्गाना, सहायक क्याम्पस प्रमुखहरु डाक्टर रामकुमार अधिकारी र सागर पौडेल आन्तरिक गुणस्तर सुनिश्चितता समितिप्रमुख विश्वेश्वर तिमल्सेना, आदिकवि भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी बस्नेत लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहायक प्राध्यापक नारायणी अधिकारीले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा प्राध्यापक, कर्मचारी र छात्रावासमा अध्ययन गर्ने विद्यार्थी र अभिभावक हरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिभावकहरूलाई टीका स खाँदा र खाजा खुवाएर सम्मान गरिएको थियो। साथै छात्रावासमा बसेर कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरूलाई पनि विदाई गरिएको थियो। उक्त अवसरमा छात्रावासका विद्यार्थीहरूले \'पुलपुलिएको छोरो \' नामक लघुनाटक प्रदर्शन गर्नुका साथै नृत्य समेत प्रदर्शन गरेका थिए। उक्त अवसरमा छात्रावासमा अध्ययन गर्दै आएकी स्वतन्त्र विद्यार्थी युनियनकी सदस्य बिबिए तेस्रो सेमेस्टरका छात्रा सुस्मिता श्रेष्ठले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन बिबिए छैठौँ सेमेस्टरकी विद्यार्थी सुजाता गिरीले गर्नुभएको थियो।