Aadikavi Bhanubhakta Campus

News & Events

Home News & Events

News & Events

वालिङ बहुमुखी क्याम्पस स्याङ्जा बीच आज एक अन्तरक्रिया कार्यक्रम

News & Events Image

Published by: admin

2024-04-27

आदिकवि भानुभक्त क्याम्पस र वालिङ बहुमुखी क्याम्पस स्याङ्जा बीच आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसको सभा हलमा क्याम्पसका सञ्चालक समितिका सदस्य एवं आर्थिक समितिका संयोजक गोपाल सुरखानीको संयोजकत्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको समग्र चित्रण (Overview) प्रस्तुत गर्नुभएको थियो। उक्त अन्तरक्रियामा क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। सहायक क्याम्पस प्रमुख सागर पौडेलले गुणस्तर सुनिश्चितता प्रत्ययन( क्यूएए) प्राप्ति अभियानमा क्याम्पसको अनुभव राख्नुभएको थियो।अन्तरकृया कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका तर्फवाट सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेको नेतृत्वमा आएको क्याम्पस सञ्चालक समिति प्राध्यापक र विद्यार्थीको प्रतिनिधीत्व रहेको ८ सदस्यीय टोलीको उपस्थिती थियो । अन्तरक्रियामा दुई क्याम्पसको विद्यार्थीहरूको भर्नाको अवस्था कार्यरत प्राध्यापक कर्मचारीको दरबन्दी र पारिश्रमिक पुस्तकालय तथा अध्ययनका स्रोतहरू, सञ्चालक समितिको गठन, विधान र विनियम, विद्यार्थी शुल्क संरचना आम्दानी र खर्च, क्याम्पसको लक्ष्य, उद्देश्य र , एवं नीति नियमहरू आदिको बारेमा बृहत् छलफल भएको थियो। अन्तरक्रियाका लागि वालिङ क्याम्पसका तर्फबाट आएको भ्रमण टोलीमा सञ्चालक समितिका सदस्यहरू, नेत्र प्रसाद पाण्डे, पदम प्रसाद पाण्डे, आनन्द पाठक र यमबहादुर कुँवर, क्याम्पस प्रमुख युवराज पाठक र स्वबियु उपाध्यक्ष युवराज तिवारी, पूर्व विद्यार्थी एवं वातावरणविद् कृष्ण भण्डारी समेतको उपस्थिति रहेको थियो। अन्तरक्रियामा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट सञ्चालक समितिका सदस्य एवं निर्माण समितिका संयोजक सहविर उचाइ र छात्रावास व्यवस्थापन समितिका संयोजक होमबहादुर रसाइली, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाइका उपाध्यक्ष चिरञ्जीवी बस्नेत, सहायक प्राध्यापक एवं सहिद चन्द्र नेपाली छात्रावास प्रमुख मिना श्रेष्ठ, स्ववियू अध्यक्ष गौरव पन्थ, प्रशासकीय अधिकृत बसन्ती थापा आले मगर, लेखा अधिकृत विष्णुप्रसाद रिजाल इमआईएस अफिसर इन्जिनियर अनमोल प्रधान, परीक्षा शाखा प्रमुख अप्सरा थापा लगायतको उपस्थिति रहेको थियो। भ्रमण टोलीले अन्तरक्रिया सुरु हुनुभन्दा अगाडि क्याम्पसको पुस्तकालय, प्रशासन, लेखा र परीक्षा शाखाहरु, छात्रावास, विज्ञान र कम्प्युटर प्रयोगशाला लगायतको अवलोकन गरेको थियो। स्याङ्जा जिल्लाको ।
अन्तरक्रियाको अन्त्यमा वालिङ बहुमुखी क्याम्पसका अध्यक्ष उदय श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो। सो अवसरमा उक्त क्याम्पसका तर्फबाट आदिकवि भानुभक्त क्याम्पसलाई मायाको चिनो र क्याम्पसका प्रकाशनहरू प्रदान गरिएको थियो।
वालिङ बहुमुखी क्याम्पस स्याङ्जा जिल्लाको एकमात्र क्यूएए प्रमाणपत्र प्राप्त सामुदायिक क्याम्पस हो।