आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान शिक्षा बिषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू संलग्न ए वि सि विज्ञान क्लवका विद्यार्थीहरुले आफ्ना सहपाठी आदर्श बानियाको आमा बन्दिपुर -२ निवासी गिता बानियाको आन्द्राको क्यान्सर रोगको उपचारका लागि जम्मा गरेको सहायता रकम आज हस्तान्तरण गरिएको छ । विज्ञान क्लबबाट जम्मा गरिएको नगद १४ हतार ६ सय १५ रुपैया क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भदौ २६ गते आइतवार बिहान विभागको कार्यालयमा वनियालाई हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा विभागका प्रमुख राजन घिमिरे क्लबका अध्यक्ष अनिल रानाभाट लगायत विभागका प्राध्यापक र क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।
Click here to Downlaod