आज मिति २०७९ भाद्र २४ गते आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री ब्रह्मदत्त तिमल्सेनाज्यूको अध्यक्षतामा क्याम्पसमा बसेको समितिको बैठकबाट क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा श्री बुद्धिमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । क्याम्पस नियामावलीमा साधारण सभाबाट निर्वाचित सदस्य १६ जना र क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मध्येबाट क्याम्पस सञ्चालक समिति अध्यक्ष छनौट गर्ने व्यवस्था रहेको छ ।
यसै गरि आजको बैठकले क्याम्पस सञ्चालक समिति सदस्य पदमा ब्यास नपा ११ का गोपाल सुर्खाली, ब्यास न. पा.- २ का ताराराम श्रेष्ठ र ब्या न पा १३ का गजेन्द्रराज पन्थलाई क्याम्पस संचालक समिति सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले क्याम्पसको ११औं साधारण सभाबाट निर्वाचित सम्पुर्ण क्याम्पस सञ्चालक समिति सदस्य, पदेन सदस्य, पुस्तकालय सल्लाहाकार सदस्य र आन्तरिक लेखा समिती सदस्यहरुलाई स्वागत गर्दै ३६औं वार्षिकोत्सव एवं ११औं साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने क्याम्पस सञ्चालक समिति, साधारण सभा सदस्य निर्वाचन प्रबन्ध समिति, सरोकारवाला संघ सस्था, पत्रकार, अभिभावक प्राध्यापक कर्मचारी एवं विद्यार्थी लगायत सबैलाई धन्यवाद ज्ञापन छ ।
बैठकले क्याम्पसको स्नातक तह विद्यार्थी भर्ना अभियान-२०७९ लाई सफल पार्न व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेकोछ ।
बैठकको अन्त्यमा क्याम्पस सञ्चालक समितिका पदेन सदस्यहरु - गण्डकी प्रदेशका माननीय आन्तरिक मामलामा मन्त्री डोवाटे विक, जील्ला समन्वय समिति, तनहुँका प्रमुख एवं क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष शन्तिरमण वाग्ले, व्यास नगरपालिकाका संस्थापक प्रमुख/ क्याम्पसका प्रस्तावक तथा सञ्चालक समितिका पुर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख एवं व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले नव निर्वाचित क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सम्पूर्ण सदस्यहरुलाई शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको थियो । बैठकको समापन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष तिमल्सेनाले तीनवर्षे कार्यकाललाई सफल तुल्याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै नव निर्वाचित क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सम्पूर्ण सदस्यहरुलाई शुभकामना ब्याक्त गर्नुभएको थियो । सोही बैठकको अन्त्यमा अध्यक्ष तिमल्सेनाले नवनिर्वाचित अध्यक्ष बुद्धिमान श्रेष्ठलाई क्याम्पस संचालक समितिको निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष एवं सदस्यहरुलाई अविर र खादा लगाई वधाई ज्ञापन समेत गरिएको थियो ।
Click here to Downlaod
Click here to Downlaod