त्रिवि अन्तर्रगत स्नातक तहमा सञ्चालित विआइसिटिई कार्यक्रम अन्तर्गत आदिकवि भानुभक्त क्याम्पसमा ८औं  सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले उक्त सेमेस्टरको पाठ्यक्रम अनुसार शैक्षिक परियोजना विषय अध्यन गरेपछि विद्यार्थिहरुले तयार पारेको परियोजना कार्यको मिड डिफेन्स कार्यक्रम शुक्रवार विहान क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ । विद्यार्थीले ३ ओटा समुहमा तयार पारिएका परियोजना कार्यहरुको प्रस्तुतीकरण गरेका थिए। विद्यार्थीहरुले Online School Admission System, Account Tech, 
 र Library Management System शिर्षकमा समूहमा तयार पारेका ३ ओटा Web Applications हरु समूहको तर्फवाटका परियोजना प्रमुखहरु क्रमशः रमेशचन्द्र शर्मा, कृप्टन थापा र गणेश श्रेष्ठले प्रस्तुत गरेका थिए। यी वेभ एप्लिकेशनहरु तयार गर्नु अघि विद्यार्थिहरुले स्थानिय शैक्षिक संघ सस्थाहरुको माग र आवश्यकताको अनुसन्धान गरेका थिए। यी एप्लिकेशनहरु क्याम्पस र विद्यालयहरुको शैक्षिक सुधारकालागी उपयोगी रहेका छन। परियोजना कार्यको प्रस्तुतिकरण पश्चात  ति वेभ एप्लिकेसन निर्माण अधिका अनुसन्धान, श्रोत, विधि तथा प्रकृया, सुरक्षा, उपयोगीता र चुनौतीका सम्बन्धमा सहभागी प्राध्यापक र विद्यार्थीहरुवाट उठाइएका जिज्ञासाहरुको सम्बन्धित वेभ एप्लिकेशन निर्माणमा संलग्न विद्यार्थिहरुले जवाफ दिएका थिए। मिड डिफेन्स कार्यक्रम विआइसिटी विषय समिति संयोजक शुलभकुमार श्रेष्ठको संयोजकत्वमा भएको थियो। कार्यक्रमको सहजीकरण पनि श्रेष्ठले नै गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख महा प्रसाद हड्खले सुचना तथा सञ्चार प्रविधि शिक्षा कार्यक्रममा अध्यापनरत प्राध्यापक र सबै सेमेस्टरमा अध्यनरत रहेका विद्यार्थिहरुको उपस्थिति रहेको थियो।

Click here to Downlaod