आदिकवि भानुभक्त क्याम्पस पूर्व विद्यार्थी संघ (Aadikavi Bhanubhakta Campus Almunai Association/ ABCCA/ आब्का) को पाँचौ अधिवेशन सोमवार विहान क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ। अधिवेशनको राष्ट्रिय सभा सदस्य माननीय प्रकाश पन्थले उद्‌घाटन गर्नु भएको थियो । संघका अध्यक्ष विर बहादुर वस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्यास सञ्चालक समितिका अध्यक्ष व्रम्हदत्त तिमल्सेना, सदस्य होम बहादुर रसायली र सुरेन्द्र पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र नेपाल शिक्षक संघका केन्द्रिय अर्थ महासचिव पुष्पकला भट्टराईले शुभकामना मन्तव्य ब्याक्त गर्नुभएको थियो । अधिवेशनको बन्द सत्रमा सचिव बिमल गिरी र कोषाध्यक्ष चन्द्रावती हड्खलेले क्रमशः संघको कार्य प्रगति तथा आयव्याय प्रतिवेदन छलफलका लागी पेश गर्नु भएको थियो । पेश भएका उक्त प्रतिवेदनहरु छलफल पछि पारित भएका छन्। निर्वाचन उपसमितिका संयोजक जयराम सेढाईका अनुसार संघको अधिवेशनले पुष्पकला भट्टराईको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्वाचन गरेको छ। निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षमा चन्द्रावती हड्‌खले, सचिवमा रामदत्त पौडेल, कोषाध्यक्षमा लिला पन्थ र सदस्यहरूमा तिर्थ बर्देवा, मिना श्रेष्ठ, प्रकाश बसौला, शान्ता वास्तोला, नन्दु थापा र विष्णु हड्खले निर्वाचित हनुभएको छ । निवर्तमान अध्यक्ष कार्यसमितिमा स्वतः पदेन सदस्य रहने ब्यावस्था रहेको छ। निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रमुख अतिथि पन्थ र निर्वाचन उपसमितिका संयोजक जयराम सेढाईले टिका र खादा लगाई बधाई एवम् सफल कार्यकालको शुभकामना ब्याक्त गर्नुभएको थियो । सोही अवसरमा निर्वर्तमान अध्यक्ष विर वहादुर बस्नेतले नव निर्वाचित अध्यक्ष पुष्पकला भट्टराइलाई संघको निर्णय पुस्तिका र छाप हस्तान्तरण गर्नुभएको थियो।


Click here to Downlaod