क्याम्पसको शिक्षा शास्त्र विभागका विभागीय प्रमुख विष्णु कुमार यादवको अध्यक्षतामा क्याम्पस प्रमूख महाप्रसाद हड्‌खले र सहायक क्याम्पस प्रमुख सागर पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस इकाइका अध्यक्ष विजयराज खनाल  तथा गणित विषयका प्राध्यापकहरु तथा स्ववियु उपसभापति सुदर्शन पोखेलको विशेष उपस्थितिमा क्याम्पसमा स्नातक तहमा गणित विषयमा अध्यनरत विद्याथीहरुको कक्षागत प्रतिनिधित्व गर्ने विद्याथीहरुको भेलाले क्याम्पसमा एविसि गणित विद्यार्थी क्लव) ( Aadikavi Bhanubhakta Campus/ABC Mathematics Students Club) को गठन गर्ने निर्णयका साथै विएड चौथो वर्षका विद्यार्थि शिवराज भट्टराइको अध्यक्षतामा ५ सदस्यीय  क्लवको तदर्थ समितिको गठन गरेको छ । क्लवले गणित विषयको अध्यन अध्यापनलाई प्रभावकारी बनाउन अन्तरक्रिय, छलफल, गोष्ठि, अध्यन अवलोकन भ्रमण र अतिरिक्त कृयाकलापहरूको आयोजना गर्ने उद्देश्य राखेको छ । देशमै उच्चशिक्षामा गणित विषय अध्यन गर्ने विद्याथीहरुको भर्ना अत्यन्त न्यून रहेकाले गणितको जनशक्तिको अभाव हुन थालेको छ ।


Click here to Downlaod