आदिकवि भानुभक्त क्याम्पसमा विहिवार विहान खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय सदस्य प्रदिप घिमिरेले कार्यक्रमको ब्यानर वाचनका साथै रक्तदानको लागी रगतको खाली ब्याग रक्तदातालाई हस्तान्तरण गरेर उद्‌घाटन गर्नु भएको थियो । उद्‌घाटन मन्तव्य राख्दै घिमिरेले रगतको कुनै विकल्प नभएको र रगत्‌को खाँचो परेका विरामीहरुको उपचारकालागी बाह्रैमहिना ३६५ दिन नै  रेडक्रसका देशव्यापी  रक्त संकलन केन्द्रहरुले  रगत संकलन गर्दै आएको र रक्त दान जस्तो पुण्यको काममा आदिकवि भानुभक्त क्याम्पसका विद्याथीहरुको हरेक वर्ष रक्त दान कार्यक्रम राख्ने गरेको र उनिहरुको सधै उत्साहजनक सहभागीता हुने गरेको बताउनु भएको थियो । कार्यक्रममा तनहुँ रेडक्रसका उपसभापति ऋषिराम पोखरेल र क्याम्पस संचालक समितिका अध्यक्ष व्रम्हदत्त तिमल्सेनाले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। क्याम्पसमा ब्यावस्थापन विषय लिई अध्यनरत विद्यार्थीहरुको साझा तथा गैर राजनितिक शैक्षिक सस्था ब्यावस्थापन विद्यार्थी सर्कलले क्याम्पस र दमौली स्थित रक्त संकलन केन्द्रको सहयोगमा कार्यकमको आयोजना गरेको थियो।  कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल, ब्यावाथापन विभाग प्रमुख रामभक्त घिमिरे, कक्षा ११/१२ कार्यक्रम  संयोजक चिरन्जिवी वस्नेत, जिवनसेवा अभियानका सस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ, वर्तमान अध्यक्ष पुजा सुनार, युवा रेडक्रस सर्कलका अध्यक्ष सन्देश अधिकारी, एविआइटि क्लवका अध्यक्ष विकल श्रेष्ठ, सृजनशिल साहित्य मञ्चका अध्यक्ष सगर पाण्डे लगायतको उपस्थिति रहेको थियो । सर्कलका कार्यवाहक अध्यक्ष दिनेश वि.क.को सभापतित्वमा भएको थियो। कार्यकमको सञ्चालन सर्कलका सचिव सुमन खड्काले गर्नुभएको थियो । कार्यक्रममा स्वगत मन्तव्य सर्कलका उपाध्यक्ष सदिच्छा भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा ३० जना विद्यार्थीहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई जलपान गराइ खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो।


Click here to Downlaod