दशैँ-२०७८ को पावन अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष  व्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा वुधवार दिउसो क्याम्पसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समितिका अध्यक्ष तिमल्सेना, निवर्तमान अध्यक्ष रामचन्द वस्नेत, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ लगायत सञ्चालक समितिका सदस्यहरु, क्याम्पस प्रमुख, सहायक क्याम्यस प्रमुख, विभागीय प्रमुख र प्राध्यापक एवं कर्मचारीहरुले पालैपालो शुभकामना ब्याक्त गर्नुभएको थियो । कामक्रममा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले क्याम्पसले २०७८ साउन देखि असोज सम्मको त्रिविको बढेको स्केल वमोजिमको तलव र दशै पेश्कि प्राध्यापक कर्मचारीको बैंक खातामा पठाइसकेको र  असोज २१ देखि कार्तिक ३ गते सम्म क्याम्पसमा दशै विदा हुने  जानकारी गराउनु भएको थियो।

           त्यसै गरी आदिकवि नेपाली सिर्जनशील मञ्च र व्याबस्थापन बिधार्थी सर्कलको  संयुक्त आयोजनामा वुधवार नै  विहानमा  क्याम्पसमा वडादशै २०७८ को पावन अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्‌घाटन पश्चात प्रमुख अतिथिको आसनवाट बोल्दै ब्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसको शैक्षिक स्तरवृद्धिका योजनाहरुको कार्यान्वयनमा क्याम्पसले थप जोड दिनुपर्ने र भौतिक विस्तारमा ब्यास नगरपालिका सधै क्याम्पसको साथमा रहने प्रतिबद्धता ब्याक्त गर्नुभएको थियो । न्यौपानेले शुभकामना कार्यक्रमको आयोजना गरेकोमा विद्यार्थि क्लवहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त अवसरमा समितिका उपाध्यक्ष  बुद्दिमान श्रेष्ठले विद्यार्थीहरूलाई एक आपसमा घुलमिल  र आत्मियताको भावना निर्माण गर्नमा कार्यक्रम सफल हुने विश्वास ब्याक्त गर्नुभएको थियो।  कार्यक्रममा ब्याबस्थापन बिधार्थी सर्कलका कार्यबाहक अध्यक्ष दिनेश बिकले शुभकामना ब्याक्त गर्नु भएको थियो ।  क्याम्पस सञ्चालक समितीका सदस्यहरु मोहन गिरि, स्वबियु सभापति दुर्गा भण्डारी, क्याम्पसमा जीवन सेवा अभियानका सस्थापक एव युथ काङ्रेस तनहुका अध्यक्ष राजेश कुमार श्रेष्ठ, व्यास युवापरिषदका कार्यकारी उपाध्यक्ष गौरब पन्थ,  अनेरास्ववियू क्रान्तिकारीका निर्दोष भट्टराइ, क्याम्पसका युवा रेड्क्रस सर्कलका अध्यक्ष सन्देश अधिकारी, एविसि लेक्सका अध्यक्ष रिसु थापा, एविआइटि क्लबका सचिब विजय आलेमगर, विद्यार्थि किरिण श्रेष्ठ लगायतले  शुभकामना मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन व्याबस्थापन बिधार्थी सर्कलका सचिव सुमन खड्काले  गर्नुभएको थियो ।  कार्यक्रममा क्याम्पस व्याबस्थापन समितिका सदस्य  केश बहादुर सुनार, सृजना तिवारी, होम बहादुर रसायली र  सविता पण्डित, सहायक क्याम्पस प्रमुख द्वय डा. रामकुमार अधिकारी र सागर पौडेल, प्राध्यापक संघ ईकाई सभापति एवं नेपाली बिभाग प्रमुख  बिजयराज खनाल, अङ्रेजी बिभाग प्रमुख लाल प्रसाद भट्टराइ लगायत प्राध्यापक, कर्मचारी एव बिधार्थीहरुको  सहभागीता  रहेको थियो । कार्यक्रममा कक्षा ११ का अङ्रेजी बिषयका ६ जना छात्राहरुले सामुहिक नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ब्यास-१ का शैलेश हड्खलेले हास्यव्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो भने विद्यार्थीहरु नबिन थापा र बबिता सुनारले एकल गायन प्रस्तुत गर्नु भएको थियो ।
 
 

Click here to Downlaod