आदिकवि भानुभक्त क्याम्पसमा आइतबार साँझ दीप प्रज्वलन गरी छैटौं संविधान दिवस भव्यताका साथ मनाईएको थियो । क्याम्पसमा कानुन विषय लिएर अध्ययनरत विद्यार्थीहरूको साझा संस्था एविसि लेक्सको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले क्याम्पस प्राङ्गनमा नेपालको नक्सा राष्ट्रिय झण्डा को तस्वीर बनाएर मैनबत्ती प्रज्वलन गरी खुशीयाली पूर्वक संविधान दिवस मनाएका थिए । एविसि लेक्सका अध्यक्ष कक्षा ११ कानुन समूहमा अध्ययनरत विद्यार्थी रिसु थापामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले, सहायक क्याम्पस प्रमुख डा.रामकुमार अधिकारी विज्ञान तथा प्रविधी विभाग प्रमुख राजन घिमिरे, प्राध्यपक बिमल गिरी, प्रशासकिय अधिकृत वसन्ति थापा, स्ववियू उपसभापति सुदर्शन पोख्रेल, नेविसंघ ब्यास नगर सभापति सुमन मिश्र, ब्यास नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष गौरव पन्थ समेतको उपस्थिति रहेको थियो । सो अवसरमा कक्षा ११ मा कानुन विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई कक्षा १२ मा कानुन विषय लिई अध्ययनरत विद्यार्थीहरुले खादा, अविर र फूलद्वारा स्वागत गरेका थिए । नव आगन्तुक विद्यार्थीहरूका लागि भानुभक्त वुक्स एण्ड इस्टेशनर्सका प्रोपाइटर राजन परियार र रविना परियारले कलम र कानुनका पुस्तकहरू निशुल्क वितरण गर्नुभएको थियो । उक्त अवसरमा दमौली टोल विकास संस्थाले क्याम्पसमा कानुन विषयमा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई ५/५ हजार वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भएको निर्णय उक्त संस्थाका अध्यक्ष पूर्णबहादुर दरैले काक्रममा जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थी संगीता नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कक्षा ११ का विद्यार्थी करुणा पाठकले स्वागत गर्नुभएको थियो ।कार्यकममा आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । एविसि लेक्सका द्वितिय उपाध्यक्ष विवेक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए।


Click here to Downlaod