आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह चौथो वर्षमा विज्ञान शिक्षा विषयमा अध्ययनरत विद्यार्थिहरुले आइतबार बिहान आफ्नो सहकर्मी मित्र कल्पना श्रेष्ठको स्मृति दिवसको अवसरमा एक स्मृति सभाको आयोजना  गरी अक्षय छात्रवृत्ति कोषको स्थापनाको  उद्देश्यले सहपाठीहरूबाट संकलन गरेको १ लाख १९ हजार ४ सय ३ रुपैया को चेक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरेका छन् । उक्त स्मृति सभामा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी विज्ञान तथा प्रविधी विभाग प्रमुख राजन घिमिरे, प्राध्यापकहरु - सागर न्यौपाने, प्रकाश गैह्रे,  रविन केसी , स्व. बुद्ध पन्थका पिता रामचन्द्र पन्थ, प्रशाशकिय अधिकृत वसन्ति थापा र स्नातक चौथो वर्ष विज्ञान शिक्षामा अध्यनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । दुई वर्षअगाडि उनीहरुले गुमाएका आफ्ना २ सहपाठी मित्रहरूको स्मृतिमा उक्त कोषको स्थापना गरेका हुन् । उनीहरुले उक्त कोषको नामाकरण आफ्ना २ स्वर्गीय सहपाठी - कल्पना श्रेष्ठ र बुद्ध पन्थको नामवाट 'कविता बुद्ध स्मृति विज्ञान अक्षय छात्रवृत्ति कोष' राखेका छन् । दुई वर्षअगाडि स्नातक तह प्रथम वर्षमा अध्ययनरत ब्यास-२ निवासी कविता श्रेष्ठ को उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा र ब्यास-१ निवासी वुद्ध पन्थको मुग्लिन चितवन सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । स्मृति सभामा बोल्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुले आफ्ना स्वर्गीय सहपाठी मित्रहरु प्रतिको प्रेम, स्नेह र संझनालाई अमर राख्न कल्याणकारी भावनाले अक्षय कोष खडा गरेकोमा क्याम्पसका तर्फवाट धन्यवाद दिदै क्याम्पसलाई प्रदान गरिएको उक्त रकम क्याम्पसको नाममा बैंकमा मुद्दती खाता खोली जम्मा गर्ने र त्यसवाट आउने  ब्याजबाट 
 स्नातक तहमा विज्ञान शिक्षा विषय लिई अध्ययन गर्ने जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताउनुभएको थियो । उक्त अबसरमा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, विभागीय प्रमुख राजन घिमिरेले श्रद्धान्जलीका शब्द व्यक्त गर्नुभएको थियो । विएड शिक्षा चौथो वर्षका विद्यार्थी मुस्कान गुरुङको सभापतित्वमा भएको उक्त स्मृति सभामा विद्यार्थी संगीता श्रेष्ठले स्वागत मन्तव्य ब्याक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन सन्देश अधिकारीले गर्नुभएको  थियो ।
 
 
 
 

Click here to Downlaod