आदिकवि भानुभक्त क्याम्पसमा नवौं राष्ट्रिय विज्ञान दिवस २०७८ असोज १ गते शुक्रवार विहान क्याम्पस सभाकक्षमा क्याम्पसमा विज्ञान विषय अध्यन गर्ने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, विज्ञान मेमोरी टेस्ट प्रतियोगिता र विज्ञान क्लवको चौथो अधिवेशनको आयोजना गरि मनाइएको छ ।

दिवसको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले केक काटेर उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख न्यौपानेले क्याम्पसमा विज्ञान विषयमा स्नातक र स्नातकोत्तर तहको थप शैक्षिक कार्यक्रम सञ्चालनका लागि व्यास नगरपालिकाले क्याम्पसलाई  आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उक्त अवसरमा  शिक्षाशास्त्र संकायका सहायक डिन प्राध्यापक डाक्टर बिष्णु खनालले क्याम्पसले सञ्चालनमा ल्याएको स्नातक तहको विज्ञान शिक्षा कार्यक्रमले  शैक्षिक जनशक्तिको आवश्यकता पूरा गर्नमा पुराएको मद्दतका प्रति क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालय प्रमुख कोमलराज काफ्लेले जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्याको समाधानको लागि विज्ञान र वातावरणको समझ भएको शैक्षिक जनशक्ति आवश्यक र  बताउनुभएको र क्याम्पसले विज्ञान र प्रविधिको उच्च शिक्षाको कार्यक्रम संचालन गर्नमा जोड दिनुपर्ने बताउनु भएको थियो । सो अवसरमा क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुखमा महा प्रसाद हड्खले, सहायक क्याम्पस प्रमूख डा. रामकुमार अधिकारी, तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे, प्राध्यापक सङ्घ क्याम्पस इकाई अध्यक्ष विजयराज खनाल, अंग्रेजी विभागका प्रमुख लालप्रसाद भट्टराई, कक्षा ११/१२ का कार्यक्रम संयोजक चिरन्जीवी बस्नेत, क्लबका संस्थापक अध्यक्ष होमनाथ ढकाल, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष सुदर्शन पोखरेल,  एविआइटि क्लबका अध्यक्ष विकल श्रेष्ठ, जीवन सेवा अभियानका संस्थापक अध्यक्ष राजेश श्रेष्ठ र अभियानकी वर्तमान अध्यक्ष पुजा सुनारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । क्लबका अध्यक्ष श्रद्धा खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष अनिल रानाभाटले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कक्षा ११ विज्ञान समूहकी छात्र प्रप्ति नेउपानेले कविता सहित धन्यवाद मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव अभिषेक सापकोटाले गर्नुभएको थियो ।

मेमोरी टेस्ट प्रतियोगितामा स्नातकत तह तृतीय वर्ष विज्ञान शिक्षाकि  छात्रा केसिका थापाले प्रथम, स्नातक दोस्रो वर्षका रोशन घर्ती र कक्षा ११ विज्ञानकि छात्रा अनिता पन्थले दोस्रो, र स्नातक दोस्रो वर्ष विज्ञानकि अस्मिता दराईले तेस्रो स्थान हासिल गरि पुरस्कृत भएका थिए। मेमोरी टेस्ट प्रतियोगीता कायक्रमको संयोजन विज्ञान तथा प्रविधि विभागका सदस्य रुपक श्रेष्ठले गर्नुभएको थियो । मूल्यांकनमा विभागका सदस्य प्राध्यापकहरूको सहभागिता रहेको थियो । उक्त प्रतियोगीतामा ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सो
अवसरमा स्नातक तह प्रथम वर्ष मा विज्ञान शिक्षा र कक्षा ११ विज्ञान समूहमा नयाँ भर्ना भएका २१५ जना नवआगन्तुक विद्यार्थीहरुलाई फूल, अबिर र खादा र कलम प्रदान गरेर प्रमुख अतिथि एवं नगर प्रमुख वैकुण्ठ न्यौपाने, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र क्लबका अध्यक्ष श्रद्धा खनालले क्याम्पसमा स्वागत गर्नुभएको थियो ।

सोही अवसरमा क्लवको चौथो अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रमा क्लवका सचिव अभिषेक सापकोटा र कोषाध्यक्ष संगीता श्रेष्ठले प्रस्तुत गरेको क्लबको बार्षिक गतिविधि र  आर्थीक प्रतिवेदनलाई छलफल पछि पारित गरिएको थियो। आधिवेशनमा भएको क्लब कार्यसमितीको निर्वाचनबाट स्नातक तह तेस्रो वर्ष विज्ञान शिक्षाका छात्र अनिल रानाभाटको नेतृत्वमा  क्लवको १५ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा स्नातक दोस्रो वर्ष विज्ञान शिक्षाकी पूजा श्रेष्ठ सचिवमा तेस्रो वर्षकी मनिषा गुरुङ,  सहसचिवमा प्रथम वर्षका आदर्श बानिया र कोषाध्यक्षमा तेस्रो वर्षका बसन्त श्रेष्ठ निर्वाचित भएका छन । चौथो वर्ष विज्ञान शिक्षाका छात्र  सन्देश अधिकारी र छात्रा वन्दना आधिकारी, तेस्रो वर्षका कविता सुर्खाली र यमुना श्रेष्ठ प्रथम वर्षका विनोद सुवेदी र मनिता अधिकारी रहेका छ । कक्षा १२ विज्ञान समूहकी अनिता पन्त र  सुमित्रा खवास र कक्षा ११   विज्ञानकि छात्र प्राप्ति न्यौपाने र मोनिका सुनार पनि क्ल को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । क्लवका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, जिल्ला वन कार्यालय प्रमुख कोमलराज काफ्ले रज काफ्ले, आन्तरिक  लेखा समिति संयोजक ऋषिराम ढुंगाना, विभागीय प्रमुख राजन घिमिरे र क्लवको निर्वाचन समिति संयोजक एवं विभागका सहायक प्राध्यापक रबिन केसीले खादा र अविर लगाएर बधाई एवं शुभकामना ज्ञापन गर्नुभएको थियो । नवनिर्वाचित कार्य समितिलाई   क्लवका निवर्तमान अध्यक्ष श्रद्धा खनाल र सचिव अभिषेक सापकोटाले क्लबको निर्णय पुस्तिका सहित पदभार हस्तान्तरण गर्नु भएको थियो। उक्त कार्यक्रममा क्याम्पसले १५ हजार, भानुभक्त बुक्स एण्ड स्टेशनरी, व्यास-१ विशानचौर मार्फत विद्यार्थी पब्लिकेसन, काठमान्डौले रु ३ हजार नगद र विद्यार्थी पुस्तक पसल तथा स्टेशनरी, दमौलीले १७० ओटा डटपेन सौजन्य गरेका थिए।त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय कीर्तिपुरका सहायक डीन डा. विष्णु खनालले २०७८ असोज १ गते शुक्रवार विहान आदिकवि भानुभक्त क्याम्पसको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा सहायक डिन खनालले क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक गतिविधी अवलोकन गर्नुभएको थियो भने विद्यार्थी एवं प्राध्यपकहरुसँग  अन्तरक्रिया गर्न का साथै ९औं राष्ट्रिय विज्ञान दिवसका आवसरमा एविसि बिज्ञान क्लव द्वारा आयोजित क्लबको चौथो अधिवेशन,  मेमोरि टेस्ट प्रतियोगिता र नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

आदिकवि भानुभक्त क्याम्पसमा २०७८ असोज १ गते शुक्रबार बिहान एमबिएस प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको नीतिनियम र विद्यार्थी सहायता सम्बन्धी विषयमा अभिमुखीकरण गर्नुभएको थियो । निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपानेले सेमेस्टर प्रणालीमा विद्यार्थीहरुले निभाउनुपर्ने भूमिकाका बारेमा विचार राख्नुभएको थियो । सहायक क्याम्पस प्रमुख डाक्टर राम कुमार अधिकारीले सेमेस्टर प्रणालीका चुनौतीहर को बारेमा प्रष्ट्याउनु भएको थियो । विभागीय प्रमुख रामभक्त घिमिरेले सेमेस्टर प्रणालीमा विद्यार्थी मूल्यांकन पद्धति र पाठ्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । शोध तथा अनुगमन समितिका संयोजक जनक काफ्लेले वार्षिक प्रणाली र सेमेस्टर प्रणालीको भिन्नताको बारेमा बोल्नु भएको थियो । कार्यक्रम ब्याबस्थापन विभाग प्रमुख रामभक्त घिमिरेको संयोजकत्वमा भएको थियो । यसवर्ष क्याम्पसमा ८० जना २. २. विद्यार्थीहरुले एमविएस प्रथम वर्षको प्रवेश परिक्षामा सहभागिता जनाएका थिए भने ५५ जना विद्यार्थीहरु प्रथम सेमेस्टरमा भर्ना भइसकेका छन् । प्रथम सेमेस्टरमा भर्नाको अन्तिम म्याद असोज ४ गतेसम्म तोकिएको छ । नियमित कक्षा आगामी असोज ४ गतेबाट बिहान ६ बजेदेखि ९ बजेसम्म तोकिएको छ ।


Click here to Downlaod