फलफूलका बिरुवा रोपेर आदिकवि भानुभक्त क्याम्पसमा राष्ट्रीय वृक्षारोपण दिवस-२०७८ मनाइएको छ । सोमवार विहान गण्डकी प्रदेश सभाका सदस्य माननीय डोवाटे विकले छात्रावास प्राङ्गणमाआँपको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै विकले आफ्नो नेतृत्वमा १७ बर्षको अथक प्रयत्नपछि निर्माण सम्पन्न गरी छात्रावास भवनलाईलाई क्याम्पसको जिम्मामा लगाई सञ्चालनमा ल्याइएको सहिदको नामको उक्त छात्रावासमा तला थप गरी विपन्न गरिब र दलित तथा जनजाति परिवारका दुर्गमका बाट उच्च शिक्षा अध्ययन गर्न इच्छा राख्ने विद्याथीहरू लाई शिक्षाको अवसर प्रदान गर्ने हेतुलेबाट आफूले प्रदेश सरकारको आगामी बर्षको बजेट विनियोजनका लागि प्रयत्न गर्ने जनाउनुभएको  थियो । उक्त अवसरमा जिल्ला वन अधिकृत कोमल राज काफले बोल्दै क्याम्पसको वातावरण तथा हरियाली विकासका लागि जिल्ला वन कार्यालय तनहुँ क्याम्पस सँग सहकार्य गर्न सदा तत्पर रहेको बताउनुभएको थियो कार्यक्रममा वोल्दैआदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्म दत्त तिमिल्सेनाले ३० जना विद्यार्थीको आवास क्षमता भएको उक्त छात्रावासको क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा स्थानीय प्रदेश सरकारबाट आर्थिक सहायता जुटाउनु अत्यावश्यक भएको बताउनुभएको थियो । कार्यक्रम क्याम्पस सञ्चालक समितिका सदस्य तथा छात्रावास व्यवस्थापन समितिका गर्दछौं एवं जिल्ला सम्वन्य समिति सदस्य देशबाट सुनारको अध्यक्षतामा भएको थियो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्यहरु वावुराम बगाले, दिलबहादुर दरै, सविता पण्डित, मोहन गिरी,  क्याम्पस प्रमुख महाप्रसाद हड्खले,  जिल्ला वन अधिकृत नारायण कोइराला, क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल तथा क्याम्पसका प्रशासकिय अधिकृत वसन्ति थापा आले मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आप, लिचि, कागति आदि जातका फलफूलका विरुवाहरु रोपिएको थियो ।

Click here to Downlaod