आदिकवि भानुभक्त क्याम्पस विज्ञान तथा प्रविधि विभाग अन्तर्गत स्नातक तहमा विज्ञान शिक्षा मूल बिषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुका  अभिभावक , क्याम्पस प्रशासन , प्राध्यापन गर्ने प्राध्यपक तथा विद्यार्थीहरुबीच भर्चुअल माध्यमबाट विविध विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यही असार ३  ४  र ५  गते गरी सम्पन्न  उक्त कार्यक्रम प्रथम,  तृतीय तथा चौथो वर्षका विद्यार्थीहरु र उनीहरूको अभिभावक बीच माईक्रोसफ्ट टिम्स  मार्फत सम्पन्न भएको हो।  तिनै दिनको उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले , सहायक  क्याम्पस प्रमुखहरू डा राम कुमार अधिकारी र सागर पौडेल तथा विभागीय सदस्यहरु रुपक श्रेष्ठ,  सागर न्यौपाने , प्रकाश गैह्रे , रबिन के सी  तथा सरला देवकोटा को उपस्थिति रहेको थियो। विभागका प्रमुख राजन घिमिरेको  सभापतित्वमा सम्पन्न भएका उक्त कार्यक्रमहरुको को संचालन सागर न्यौपाने  तथा रुपक श्रेष्ठ द्वारा गरिएको थियो।  उक्त कार्यक्रममा क्याम्पस प्रमुख हड्खलेले  विभागले आयोजना गरेको यो  कार्यक्रम ले अहिलेको यो विषम परिस्थितिमा क्याम्पसले संचालन गरेको भर्चुअल कक्षा तथा अभिभावकहरूको अहिलेको अवस्थाको बारेमा जानकारी हुन पाउँदा  खुशी लागेको बताउँदै विद्यार्थीहरूको भविष्य , परीक्षा लगायतका विविध विषयमा परामर्श दिँदै यस्ता कार्यक्रम नियमितरुपमा सञ्चालन गरिने साथै अभिभावक हरुको सल्लाह सुझाव अनुसार नै हामीहरुले आफ्नो  शैक्षिक गतिविधी सञ्चालन गरिने कुरा बताउनुभयो। 
 साथै क्याम्पस प्रमुखले अभिभावक हरुको  उल्लेख्य उपस्थिति तथा अन्तरक्रियामा भएको सहभागिताबाट आफू ज्यादै खुशी भएको बताउँदै विभागलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।  करिब ९० प्रतिशत विद्यार्थी तथा ८० प्रतिशत अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमहरुमा  अबिभाबकहरुले  क्याम्पसले संचालन गरेको अहिलेको भर्चुअल माध्यमबाट कक्षाहरु अत्यन्त सकारात्मक,  फलदायी , उपयोगी तथा परिणाममुखी हुने बताउँदै यस कार्यक्रमलाई निरन्तरता दिनको लागि सुझाव दिनुभएको थियो।

Click here to Downlaod