पन्ध्रौं लोकतन्त्र दिवसको अवसरमा राष्ट्रिय झण्डाको झन्डोत्तोलन कार्यक्रम तथा क्याम्पस स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा विजयी समूहहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम २०७८ वैशाख ११ गते शनिवार विहान क्याम्पस सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मानिय डोवाटे विक र विशिष्ट अतिथि राष्ट्रियसभाका सदस्यको मान्य रामचन्द्र पोखरेलले क्याम्पसको छतमा हटाइएको नेपालको झण्डाको संयुक्त रुपमा डोरी तानेर झन्डोत्तोलन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि माननीय विकले वर्तमान सरकारले लोकतन्त्रको मूलभूत मान्यतालाई उल्लंघनगरेको र लोकतन्त्रको रक्षाकालागि अहिले पनि जनताले चनाखो रहनु पर्ने बताउनुभएको थियो । उक्त कार्यक्रममा संविधान सभाका सदस्य माननीय रामचन्द्र पोखरेलले लोकतन्त्र प्राप्तिका चरणहरूमा गरिएका संघर्षका स्मरण सुनाउनुभएको थियो । क्याम्पस र क्याम्पसमा कृयाशिल आदिकवि नेपाली सिर्जनशील मञ्चको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा क्याम्पस संचालक समिती का उपाध्यक्ष बुद्धिमान श्रेष्ठ क्याम्पस सञ्चालक समितिका सदस्यहरु वावुराम बगाले, सरिता थापा भण्डारी र सृजना तिवारी र लेखा समितिका संयोजक ऋषि राम ढुंगानाको उपस्थिति रहेको थियो । उक्त अवसरमा सांस्कृतिक नृत्य प्रतियोगितामा दोस्रो पुरस्कारको सौजन्य गर्नुभएका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई प्रमुख अतिथि माननीय विकले प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. राम कुमार अधिकारी, नेपाली विभागका प्रमुख विजयराज खनाल विज्ञान तथा प्रविधी विभाग प्रमुख राजन घिमिरे लगायत प्राध्यापक कर्मचारी, पुर्व विद्यार्थी, विद्यार्थीहरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा गर्दा चैत्र १३ गते क्याम्पसमा आयोजित सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने समूह र उत्कृष्ट नृत्य प्रदर्शन गर्ने तीनजनालाई नगद तथा प्रमाणपत्र बाट प्रमुख अतिथि र विशिष्ट अतिथि द्वयले पुरस्कार वितरण गर्नुभएको थियो ।

May be an image of 3 people, people standing, people sitting and indoor

May be an image of 12 people, people standing, people sitting and outdoors

May be an image of 4 people, people sitting, people standing and indoor

May be an image of 24 people, people standing and outdoors


Click here to Downlaod