नयाँ वर्ष २०७८ संगै आदिकवि भानुभक्त क्याम्पसले दुई जना सहायक क्याम्पस प्रमुख पाएको छ । सहायक क्याम्पस प्रमुखमा नवनियुक्त डा राम कुमार अधिकारी र सागर पौडेल विगत एक दशक भन्दा बढी समय देखि क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । ब्यास-१, विज्ञानचौर टोल निवासी उपप्राध्यापक डा अधिकरी, विगत १४ वर्षदेखि क्याम्पसमा नेपाली विषय प्राध्यापन गर्दै आउनुभएको छ । उहाँ गएको ३ वर्षदेखि नेपाली विभागको प्रमुख पद सम्हाल्दै आउनुभएको थियो । त्यसैगरी सहायक क्याम्पस प्रमुख पदमा नवनियुक्त हुनुभएका व्यास ब्यास-१०, वेलटारीटोल निवासी सागर पौडेल विगत ११ वर्षदेखि अङ्ग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएको थियो । पौडेल गत ४ वर्षदेखि अंग्रेजी विभागको प्रमुख पद सम्हाल्दै आउनुभएको थियो । बुधबार बिहान क्याम्पसमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको सभापतित्वमा आयोजित पदस्थापन समारोहमा विगतमा क्याम्पसको पुस्तकालय प्रमुख पद समेत समाल्नु भएका राष्ट्रिय सभाका मा. सदस्य प्रकाश पन्थ, क्याम्पसका सल्लाहकार सदस्य समेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य मा. दोबाटे बि क, विगतमा क्याम्पसमा २३ वर्ष क्याम्पस प्रमुख रही हाल व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, क्याम्पसका संस्थापक सदस्य एवं सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहनुभएका व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठ र क्याम्पस संचालक समितीका उपाध्यक्ष ब श्रेष्ठले संयुक्तरुपमा नवनियुक्त सायक क्याम्पस प्रमुखद्वयलाई खादा र माला पहिराएर अविर लगाएर पदस्थापन गराउनुभएको थियो । सो अवसरमा सहायक क्याम्पस प्रमुखद्वयलाई क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा क्याम्पसका आमन्त्रित सदस्य एवं नेपाली कांग्रेश, तनहुँका सचिव विश्वनाथ बास्तोला, आमन्त्रित सदस्य एवं लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठ, सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र बस्नेत, समितिका निवर्तमान उपाध्यक्ष श्रीराम कार्की, समितिका सदस्यहरु, क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख एवं निवर्तमान सहायक क्याम्पस प्रमुख आत्माराम बास्तोला, पब्लिक क्याम्पस संघ प्राध्यापक सङ्घ, नेपालका क्याम्पस इकाई अध्यक्ष विजयराज खनाल, क्याम्पसको विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे, शिक्षा विभाग प्रमुख विष्णु कुमार यादव, कक्षा ११/१२ व्यवस्थापन समितिका संयोजक चिरञ्जीवी बस्नेत, सूचना तथा सञ्चार प्रविधि विषय समितिका संयोजक ई. शुलभ कुमार श्रेष्ठ लगायत प्राध्यापकहरु , क्याम्पसको प्रशासकीय प्रमुख वसन्ति आलेमगर लगायत कर्मचारी, विद्यार्थी र अभिभावकहरुले पनि वधाई ज्ञापन गर्नु भएको थियो ।

May be an image of 3 people and people standing

May be an image of 2 people, people standing and indoor

May be an image of 4 people, people standing and outdoors

May be an image of 3 people, people standing and indoor

May be an image of 2 people and people standing

May be an image of 10 people, people standing and outdoors

May be an image of 7 people, people standing and outdoors

May be an image of 4 people, people standing and outdoors

May be an image of 7 people, people standing and outdoors


Click here to Downlaod