आदिकवि भानुभक्त क्याम्पस द्वारा प्रकाशित भानुश्री वार्षिक प्रतिवेदन २०७७, जनल अफ आदिकवि र शैक्षिक क्यालेन्डर बुधबार बिहान सार्वजनिक गरिएको छ । पब्लिक क्याम्पस संघ का केन्द्रिय अध्यक्ष एवं जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले उक्त प्रकाशनहरुको विमोचन गर्नुभएको थियो । उक्त अवसरमा संघका अध्यक्ष सञ्जेलले आगामी चैत्र 27 गते शनिबारको दिन आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको नेपाल पब्लिक क्याम्पस सङ्घको राष्ट्रिय परिषद बैठक सफल बनाउन तनहुँ र यसको छिमेकी जिल्ला एवं गण्डकी प्रदेशका  सामुदायिक क्याम्पसहरुका तर्फवाट यथासक्य योगदान हुने विश्वास ब्याक्त गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै व्यास नगरपालिकाका प्रमुख एवं संघका पूर्व केन्द्रिय अध्यक्ष वैकुण्ठ न्यौपानेले क्याम्पसले नियमित रुपमा प्रकाशन गर्दै आएको  क्याम्पसको प्रकाशनले जवाफदेहिता सिर्जनशिलता र योजनाबद्ध कार्यकलाप झल्कने बताउनुभएको थियो ।  क्याम्पसको शोध तथा अनुसन्धान समितिका संयोजक जनक काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा मिस तनहुँ प्रतियोगितामा प्रथम हुन सफल सुमिना गुरुङ्ग र द्वितीय हुन सफल सन्ध्या धिताललाई क्याम्पसका तर्फवाट प्रमुख अतिथि सञ्जेलले प्रशंसापत्र हस्तान्तरण गरी खादा पहिराएर बधाई ज्ञापन गर्नुभएको थियो थियो । सोही अवसरमा नगर प्रमुख न्यौपानेले क्याम्पस को जीवन सेवा अभियान बाट क्याम्पसमा शिक्षाशास्त्र संकाय तर्फ स्नातक तह प्रथममा भर्ना भई अध्यन गर्न लागेकी विद्यार्थी विविजी मियालाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हरुले स्वबियुका उपाध्यक्ष सुदर्शन पोखरेलले बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सञ्जेललाई क्याम्पसको तर्फबाट सञ्चालक समितिको उपाध्यक्ष बुद्धिमान श्रेष्ठले मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा जीवन विज्ञानकी योग प्रशिक्षक दिपा पौडेल, अभियानका संस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ र वर्तमान अध्यक्ष पुजा सुनारको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन समितिका सदस्य एवं नेपाली विभागका प्रमुख डा रामकुमार अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अंग्रेजी विभागका प्रमुख सागर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस संस्थापक सदस्य एवं व्यास नगरका प्रथम मेयर तारा प्रसाद श्रेष्ठ, जनभावना क्याम्पस ललितपुरका सहायक क्याम्पस प्रमुख गोबिन्द सन्जेल, क्याम्पस सञ्चालक समितिका सदस्यहरू, निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने विभागीय प्रमुखहरु प्राध्यापक सङ्घका इकाई सभापति विजयराज खनाल स्वावियू उपाध्यक्ष सुदर्शन पोखरेल प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको लगायतको उपस्थिति रहेको थियो । त्यसअवसरमा विद्यार्थीहरुलाई प्रकाशित सामग्रीहरु वितरण गरिएको थियो ।


Click here to Downlaod