आदिकवि भानुभक्त क्याम्पसमा आज फागुन २५ गते दिउँसो स्नातक तहमा सूचना तथा संचार प्रविधि शिक्षा (BICTE) विषयको अध्ययनका लागि प्रबेश परीक्षा फारम भरेका विद्यार्थीहरूको प्रबेश परीक्षा सम्पन्न भएको छ । ३० वटा कोटामा विद्यार्थी भर्ना गर्ने अनुमति पाएको आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनको अवसरका लागि यसपटक ३५ जना विद्यार्थीहरुले प्रबेश परीक्षा फारम भरेको थिए। फारम भर्ने सबै विद्यार्थीहरू प्रवेश परीक्षामा सहभागी भएका छन् । उक्त कार्यक्रममा प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरुलाई क्याम्पस सूचना तथा संचार प्रविधि विषयका संयोजक सुलभ कुमार श्रेष्ठले उक्त विषयको, महत्व क्याम्पसमा बुझाउनुपर्ने शुल्क र अध्यनहुने विषयहरुका बारेमा अभिमुखीकरण गराउनु भएको थियो ।

May be an image of 6 people, people standing, people sitting and indoor


Click here to Downlaod