आदिकवि भानुभक्त क्याम्पस मा १११ औं नारी दिवश क्याम्पसमा अध्ययनरत आमा विद्यार्थीहरूको चुनौति र अवसरहरुको एक परीक्षण विषयक परिचर्चा कार्यक्रम गरी मनाइएको छ ।उक्त परिचर्चा कार्यक्रममा क्याम्पसमा अध्ययन गरिरहेका ५० जना आमा विद्यार्थीहरुलाई समाज सुधारका लागि जल समाधि लिई सत्याग्रह र बिद्रोहको आदर्श नारी योगमायाको जिबनीमा आधारित निलम कार्की निहारिका द्वारा लिखित मदन पुरस्कार विजेता ऐतिहासिक उपन्यास 'योगमाया' उपहार प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागी आमा विद्यार्थी र अधिकार तथा पेशाकर्मी महिलाहरुले उच्चशिक्षा अध्ययनमा लाग्दाका दिनका चुनौतीहरु र उपलब्धिहरु व्यक्त गरेका थिए । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय सदस्य सरिता गुरुङले महिलाहरुमाथिको विभेद र थिचोमिचोको अन्त्यकालागि महिला स्वयंले आफ्नो परिवार समाज भित्र लड्न आवश्यक रहेको र समानता र न्यायको लडाइँमा महिलाहरूको चेतना र इच्छाशक्ति नै सबैभन्दा महत्वपूर्ण हतियार भएको बताउनुभएको थियो ।उक्त कार्यक्रममा बोल्दै वरिष्ठ लेखक दिल्लीराम मिश्रले योगमायाको जीवनीबाट महिलाहरुले धेरै कुरा सिक्न बाँकी देखिएको र उनीहरुका पक्षमा सामाजिक आर्थिक र राजनीतिक वदलावका लागि नारीहरू स्वमले कठोर संघर्षमा उत्रन अझै नसकेको बताउदै अनमेल विवाह, बाल विवाह, विधवा विवाह, दास मोचन, पुरोहितहरूको अत्याचार विरुद्धको संघर्ष, नारीले वेद पढ्न पाउनुपर्ने अधिकारकालागि बाँचुन्जेल भिडेकी योगमायाले किसानको तिरो छुट हुनुपर्ने सम्मको समाजसुधारको अभियान लिएर जुद्धशमशेर सँग पुगेको र उनलेले समाजलाई अधिकारकालागि संघर्षमा उत्रिन सदा प्रेरणा दिइरहेको बताउनुभएको थियो ।
सहायक क्याम्पस प्रमुख कल्पना लम्सालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सिनाले महिला विद्यार्थीहरूको हकका लागि क्याम्पसले हरतर्फबाट सहयोग रहने बताउनुभयो रहनुभएको थियो । उक्त कार्यक्रममा क्याम्पसको क्याम्पस सञ्चालक समितिका सदस्य एवं कक्षा ११/१२ व्यवस्थापन समितिका अध्यक्ष सरिता थापा भण्डारीले नारी दिवसका सन्दर्भमा क्याम्पसमा अध्ययनरत आमा विद्यार्थीहरुले ध्यान दिनु पनि विषयका बारेमा बोल्नुभएको थियो । कार्यकममा क्याम्पसका नेपाली विषयका सहायक प्राध्यापक नारायणी अधिकारीले ऐतिहासिक उपन्यास 'योगमाया'मा योगमायाले पार गरेका संघर्षका गाथा र नारी अधिकारकर्मीहरुका लागि उनको सन्देश बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरु राजु दाहल सृजना तिवारी, सरला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पसको पूर्व विद्यार्थी सङ्घका कोषाध्यक्ष चन्द्रावती हड्खले, पूर्व विद्यार्थी एवं शिक्षक संघ तनहुँका अर्थ सहसचिव शान्ता वास्तोला, पूर्वविद्यार्थी कल्पना न्यौपाने, विद्यार्थी एवं मिडिया एक्सन नेपाल, गण्डकी प्रदेशका संयोजक सुनिता आचार्य, विद्यार्थी अम्बिका पाण्डे, सावित्री गोदार, ममता बर्देवा लगायतले आमा भएर क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्दाका आफ्ना समस्याहरु र त्यसपछि प्राप्त अवसरका बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल लेखक सङ्घका तनहुँ अध्यक्ष गौ कुमारी न्यौपानेको पनि उपास्थिती रहेको थियो । कार्यक्रममा सहायक प्राध्यापक दिपा थापाले स्वागत मन्तब्य दिनुभएको थियो भने महिला सशक्तिकरण संचार समाज तनहुँकी अध्यक्ष एवं क्याम्पसका सहायक प्राध्यापक प्रकृति खनालले धन्यवाद मन्तब्य दिनु भएको थियो। कार्यक्रमको साचालन स्ववियु सभापति दुर्गा भण्डारीले गर्नभएको थियो ।









Click here to Downlaod