क्याम्पसमा वार्षिक खेलकुद कार्यकम-२०७७ आइतवार विहान देखी शुरुवात भएको छ । खेलकूद कार्यकमको उदघाटन व्यास नगरपालिकाका नगर प्रमुख तथा आदिकवि भानुभक्त क्याम्पसका पूर्व क्याम्पस प्रमुख बैकुण्ठ न्यौपानेले गर्नु भएको थियो। उक्त उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले हरेक वर्ष क्याम्पसले खेलकुद कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र यस्ता कार्यक्रम विद्यार्थीहरूको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा सुधार ल्याउने र उनीहरुमा संघर्ष र प्रतिस्पर्धाका माध्यमबाट आत्मविश्वासको विकास गर्ने वताउनु भएको थियो । अतिरिक्त कृयाकलाप समितिका संयोजक रविन केसी को सभापतित्वमा सम्पन्न उक्त कार्यकममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेना, उपाध्यक्ष बुदिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हडखले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा सञ्चालक समितका सदस्य मोहन गिरी, सहायक क्याम्पस प्रमुख् कल्पना लम्साल, प्राध्यापक संघका अध्यक्ष विजयराज खनाल, विभागीय प्रमुखहरु, प्राध्यापक, स्ववियू सभापति दुर्गा भण्डारी, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा समितिका सदस्य विमल खत्रिले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन स्ववियु उपाध्यक्ष सुदर्शन पोखरेलले गर्नु भएको थियो। खेलकुद कार्यक्रमको पहिलो दिन घैंटो फुटाई खेल र भलिवल प्रतियोगितामा प्रतिस्पर्धा भएका छन । भोली दोस्रो दिन फुटबल र ब्याडमिन्टन खेलका साथै टेबल टेनिस खेलमा प्रतिस्पर्धा हुनेछ । खेलको अन्तिम दिन फुटबल, भलिवल र लङजम्प का अन्तिम चरणकाखेलहरूको आयोजना गरिनेछ । यसपटक क्याम्पसमा अन्तर संकाय, अन्तर तह र अन्तर कक्षा समूहहरुमा प्रतिस्पर्धा हुँदैछन् । यसवर्ष भलिबलमा छात्र तर्फ ६ वटा र छात्रा तर्फ ५ समूहमा, फुटबलमा पुरस्कार राशि प्रथमलाई ७ हजार र दोस्रोलाई ५ हजार राखिएको छ भने यस खेलमा छात्र तर्फ ६ समूह विच प्रतिश्पर्धा हुँदैछ । ब्याडमिन्टन डवल खेलमा छात्र तर्फ १४ छात्रा तर्फ ४ वटा समूह विच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा प्रथम हुनेले ३ हजार र दोस्रो हुनेले २ हजार पुरस्कार पाउनेछन । लङजम्पमा छात्र तर्फ १६ र छात्रा तर्फ ८ समूहहरु भिड्दैछन । यस खेलमा प्रथम हुनेले १ हजार ५ सय र दोस्रो हुनेले १ हजार पुरस्कार पाउनेछन । टेबल टेनिसमा भने छात्र तर्फ ११ समूहहरु प्रतिस्पर्धा हुने भएको छ । टेबलटेनिस खेलमा प्रथम हुनेले ३ हजार र दोस्रो हुनेले २ हजार पुरस्कार पाउनेछन् । प्रतिस्पर्धा हरुमा फुटबल र भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिने भएको छ । विजेता खेलाडी लाई पुरस्कारका साथमा र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।
Click here to Downlaod