भोली फागुन २३ देखी क्याम्पसमा वार्षिक खेलकुद कार्यकम-२०७७ शुरु हुदैछ ।  आइतबार बिहान ८ बजे व्यास नगरपालिकाका नगर प्रमुख तथा आदिकवि भानुभक्त क्याम्पसका पूर्व क्याम्पस प्रमुख बैकुण्ठ न्यौपानेले खेलकुद कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । खेलकुद कार्यक्रमको पहिलो दिन घैंटो फुटाई खेल र भलिवल प्रतियोगिताको आयोजना हुनेछ भने दोस्रो दिन फुटबल र ब्याडमिन्टन खेलका साथै टेबल टेनिस खेलमा प्रतिस्पर्धा हुनेछ । खेलको अन्तिम दिन फुटबल, भलिवल र लङजम्प का अन्तिम चरणकाखेलहरूको आयोजना गरिनेछ । 
 
यस वर्ष भलिवल, फुटवल, ब्याडमेन्टन, टेवलटेनिस र लङ्गजम्प खेलमा  धेरै सरह हरुमा विद्यार्थीहरू प्रतिश्पर्धा गर्दैछन । हरेक वर्ष क्याम्पसले खेलकुद कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ विद्यार्थीहरूको शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा सुधार ल्याउने र उनी हरुमा संघर्ष र प्रतिस्पर्धाका माध्यमबाट आत्मविश्वासको विकास गर्ने उद्देश्यले क्याम्पसले यस्ता खेलकुद कार्यक्रमहरूको वर्षेनी आयोजना गर्दै आइरहेको छ । यसपटक क्याम्पसमा अन्तर संकाय, अन्तर तह र अन्तर कक्षा समूहहरुमा प्रतिस्पर्धा हुँदैछन् । यसवर्ष  भलिबलमा छात्र तर्फ ६ वटा  र छात्रा तर्फ ५ समूहमा, फुटबलमा पुरस्कार राशि प्रथमलाई ७ हजार र दोस्रोलाई ५ हजार राखिएको छ  भने यस खेलमा  छात्र तर्फ ६ समूह विच प्रतिश्पर्धा हुँदैछ ।  ब्याडमिन्टन डवल खेलमा छात्र तर्फ १४ छात्रा तर्फ ४ वटा समूह विच प्रतिस्पर्धा हुँदैछ । यस खेलमा प्रथम हुनेले ३ हजार र दोस्रो हुनेले २ हजार पुरस्कार पाउनेछन । लङजम्पमा छात्र तर्फ १६ र छात्रा तर्फ ८ समूहहरु  भिड्दैछन । यस खेलमा प्रथम हुनेले १ हजार ५ सय  र दोस्रो हुनेले १ हजार पुरस्कार पाउनेछन ।  टेबल टेनिसमा भने छात्र तर्फ ११ समूहहरु प्रतिस्पर्धा हुने भएको छ । टेबलटेनिस खेलमा प्रथम हुनेले ३ हजार र दोस्रो हुनेले २ हजार पुरस्कार पाउनेछन् । प्रतिस्पर्धा हरुमा फुटबल र भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिने भएको छ । विजेता खेलाडी लाई पुरस्कारका साथमा र प्रमाणपत्र पनि प्रदान गरिनेछ । खेलकुद विहानमा हरेक दिन दोश्रो पिरियडको कक्षा पढ़ाई पछि र दिवा सत्रमा पनि तेश्रो पिरियड पढाइ गरेर २ वजे पछि सञ्चालन हुने छ ।
May be an image of 1 person and text

Click here to Downlaod