विश्व जुनियर रेडक्रस दिवश अवसर शनिबार बिहान क्याम्पसमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जुनियर युवा रेडक्रस सर्कल, आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको थियो । सफाई सरसफाइ कार्यक्रमको अध्यक्षता सर्कलका अध्यक्ष सन्देश अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख महाप्रसाद हरु हड्खलेले सर्कलले क्याम्पसमा गरेका उदाहरणीय मानव सेवाका कार्यहरुले रेडक्रसका मूल्य मान्यताहरुको बिस्तारमा सहयोग पुगेको बताउनुभएको थियो । कार्यक्रममा लायन्स क्लब का डिस्ट्रिक्ट एडभाइजर तथा लायन्स विज्ञान प्रयोगशाला भवनका परियोजना प्रमुख परमेश्वर  बरालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख कल्पना लम्साल उप-प्राध्यापक लाल प्रसाद भट्टराई, सर्कलकापदाधिकारी सदस्य र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले क्याम्पस प्राङ्गणको सरसफाइ गरेका थिए ।

May be an image of 3 people, including Kalpana Lamsal and Ramesh Giri, people standing and outdoors

May be an image of 6 people, people standing and outdoors


Click here to Downlaod