आदिकवि भानुभक्त क्याम्पस ले कक्षा११ र १२  छात्रवृत्ति बाँडिँदै

क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूको लागि प्रदान गरिने छात्रवृत्ति का लागि आवेदन दिएका विद्यार्थीहरूको अन्तर्वार्ता कार्यक्रम आजसम्म आजको अन्तर्वार्तामा कक्षा ११ मा १०५ जना र कक्षा १२ मा ९२ जना विद्यार्थीहरु सहभागी भएका थिए । अन्तर्वार्ता क्याम्पस मा प्राध्यापनरत  शिक्षकहरुले लिनुभएको थियो । उक्त अन्तरवार्तामा छात्रवृत्ति कोषका संस्थापक तर्फबाट क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एवं छात्रवृत्ति छनौट तथा सिफारिस समितिका सल्लाहाकार समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठको पनि उपस्थिति रहेको थियो । छात्रवृत्ति अन्तर्वार्ताबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृत्ति छनौट तथा सिफारिस समितिको सिफारिसमा क्याम्पस संचालक समितिको निर्णयपछि  छात्रवृत्ति वितरण गर्ने गरिन्छ  । क्याम्पसको छात्रवृत्ति वितरण निर्देशिका र नियम अनुसार छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूले पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्दछ । छात्रवृत्ति जेहेन्दार विद्यार्थीहरुले छात्रवृत्ति पाउन भन्ने उद्देश्यले छात्रवृत्ति आवेदनका लागि पहिलो आन्तरिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था क्याम्पस छात्रवृत्ति वितरण निर्देशिकामा उल्लेख भएको छ । आन्तरिक परीक्षा उत्तीर्ण भएका  र छात्रवृत्ति आवेदन फर्म भरेका विद्यार्थीहरुमध्ये विपन्न,अपाङ्ग, सहिद तथा बेपत्ता परिवार दलित, जनजाति आदिवासी र पिछडिएको वर्गका विद्यार्थीहरुलाई प्रथामिकतामा राखेर छात्रवृत्ति वितरण गर्दै आइएको छ ।  यसवर्ष पनि करिब  २०० विद्यार्थीहरुले  छात्रवृत्ति पाउने छन् । क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि करिब  ५ लाख रुपियाँ खर्चने गर्दछ ।कक्षा ११ र १२ मा यस वर्ष करिब आठ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । सदा झैं यस वर्ष पनि दाताहरूबाट  स्थापना भएको अक्षय छात्रवृत्ति कोष बाट प्राप्त व्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले भुक्तान गरेको नियमित मासिक शुल्कको ५ प्रतिशत रकम र क्याम्पसको रकम छात्रवृतिमा वितरण गरिने छ । यसबाहेक पनि व्यास नगरपालिकाले यसवर्ष कक्षा ११-१२ मा क्याम्पसमा अध्ययन गर्दै गरेका करिब ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसैगरी कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले क्याम्पसका बिद्यार्थीहरुले  विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विद्यार्थी साहायता कोष र भारतीय राजदुतावास बाटा प्रदान गरिने छात्रवृत्ति पनि पाउने गरेका छन् । एस ई ई परीक्षामा माथिल्लो  स्तरको अङ्क ल्याएका जेहेन्दार विद्यार्थीहरुले क्याम्पसबाट भर्ना शुल्कमा छुट सुविधा पनि प्राप्त गर्दै आएका छन् ।

May be an image of 3 people and people sitting
May be an image of 3 people, including Kafle Kanchana, people standing, people sitting and indoor
May be an image of Kalpana Lamsal, sitting and indoor
May be an image of 3 people, people standing and people sitting
 

Click here to Downlaod