आदिकवि भानुभक्त क्याम्पसमा  शुक्रबार दिउँसो अभिभावक भेला सम्पन्न भएको छ । कक्षा ११ र १२  मा बिज्ञान बिषय अध्यनरत विद्यार्थीका अभिभावकहरुको उक्त भेलामा उपस्थिति रहेको थियो । अभिभावक प्राध्यापक संघका अध्यक्ष सृजना तिवारिको अध्यक्षतामा आयोजित उक्त भेलालाइ क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मादत्त तिमल्सेना र उपाध्यक्ष बुद्धिमान श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । भेलामा क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले भेलाको उद्देश्यको बारेमा बोल्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले स्वागत मन्तव्य राख्नु भएको थियो । भेलामा कक्षा ११ को नयाँ पाठ्यक्रम, सो बमोजिमको विद्यार्थी मुल्यांकन प्रक्रिया, मासिक परिक्षाको नतिजा, छात्रवृत्ति, विद्यार्थी शुल्क, नियमित अध्यन अध्यापनमा देखिएका गुनासा र सुझाव र बितरण प्रक्रिया र स्नातक तहको विद्यार्थी भर्ना कार्यक्रमको बारेमा छलफल भएको थियो । अभिभावकले उक्त भेलामा राखेका जिज्ञासा र  गुनासोको कक्षा ११/१२ का कार्यक्रम संयोजक चिरन्जिबी बस्नेत र बिज्ञानका प्राध्यापकहरु सागर न्यौपाने, प्रकाश गैर्हे, रबिन केसि र गणितका प्राध्यापक गोपाल ढुंगानाले जवाफ दिनु भएको थियो ।   भेलामा अभिभावक प्राध्यापक संघका सदस्य क्या.खिल बहादुर थापा, प्रमिला गुरुङ लगायत ११० जना अभिभावक र प्राध्यापक कर्माचारीहरुको उपस्थिति रहेको थियो ।


Click here to Downlaod