आज विहान क्याम्पसमा शिक्षा शास्त्र संकाय अन्तर्रगत अध्यापनरत प्राध्यापकहरुको विच अन्तरक्रिया सम्पन्न भएको छ। शिक्षा शास्त्र विभागका प्रमुख विष्णु कुमार यादवको अध्यक्षतामा सम्पन उक्त अन्तरक्रिया कार्यक्रममा विएड विज्ञान, गणित, अंग्रेजी, नेपाली र BICTE विषयमा नयाँ विद्यार्थी भर्ना कार्यक्रमको हाल सम्मको प्रगति, फागुन ८ गते विहान क्याम्पसमा नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुका लागी लिइने प्रवेश परिक्षा, जारी रहेको विएड प्रथम र दोश्रो वर्षको हाल सम्मको अध्यायन अध्यापनको अवस्था र फागुन १० वाट शुरुहुने स्नातक प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थी हरुको नियमित कक्षा शुरु गर्ने तयारीका सम्वन्धमा वृहत छलफल भएको थियो। उक्त अन्तरक्रियामा क्याम्पस प्रमुख महाप्रा प्रसाद हडखले, सहायक क्याम्पस प्रमुख कल्पना लम्साल, अंग्रेजी विभाग प्रमुख सागर पौडेल, विज्ञान तथा प्रविधि विभाग प्रमुख राजन घिमिरे प्राध्यापक संघ क्याम्पस इकाई अध्यक्ष विजयराज खनाल र अंग्रेजी नेपाली, विज्ञान तथा प्रविधि विभागका सदस्य प्राध्यापकहरुको सहभागीता रहेको थियो।
Click here to Downlaod