सम्पन्न आदिकवी भानुभक्त क्याम्पसमा "कक्षा ११ को नयाँ पाठ्यक्रममा विद्यार्थी मुल्यांकन" बिषयक १ दिने गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीमा सरकारले यस शैक्षिक बर्षबाट सुरु कक्षा ११ को नया पाठ्यक्रममा विद्यार्थीहरुको सिकाइ उपलब्धीको मुल्यांकन प्रक्रियामा देखिएका समस्याहरुका बारेमा बृहत छलफल भेको थियो । गोष्ठीमा ब्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले सम्बोधन गर्दै शिक्षाको स्तर उकास्न सधै सरकारको मुख ताक्नु भन्दा शैक्षिक सस्थाहरुले आपसी सहकार्य गरि अनुभव साटासाट गर्ने बातावरण बनाउनु उपयुक्त हुने बताउनुभएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपाने र क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाले आदिकवि भानुभक्त क्याम्पसमा ०६४ सालमा स्नातकोत्तर तहमा एम एड को शैक्षिक कार्यक्रम शुरूवात गर्न प्राध्यापन गरेर क्याम्पसलाई महत्त्वपुर्ण योगदान पुर्याएकोमा राष्ट्रिय परिक्षा बोर्ड, गण्डकी प्रदेशका निर्देशक बिष्णु नारायण श्रेष्ठलाई दोसल्ला र सम्मन पत्रबाट सम्मान गर्नुभएको थियो । उक्त गोष्ठीमा निर्देशक श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । उक्त गोष्टिमा धन्यबाद मन्तब्य दिदै ब्यास नगरका शिक्षा अधिकारि नगेन्द्र प्रसाद रेग्मिले कक्षा ११ को नयाँ शैक्षिक कार्यक्रमको सफल कार्यान्वयनका लागि सम्बन्धित सरकारि निकाय र बिद्यालयहरुबिचको सहकार्य अत्यावश्यक रहेको र आदिकवि भानुभक्त क्याम्पसले साघुको काम गरेकोमा नगरापालिकाको शिक्षा साखाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त गोष्ठी क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा सम्पन्न भएको थियो । गोष्ठीका सहभागीहरुलाइ स्वागत गर्दै क्याम्पस प्रमुख महा प्रसद हड्खलेले क्याम्पसको चिनारी प्रस्तुत गर्नु भएको थियो । गोष्ठीका सहभागीहरु मध्येबाट भक्ति नमुना माबी भोटेवोडार, लमजुङका प्र.अ. यज्ञराज घिमिरेले नयाँ पाठ्यक्रम ल्याइदा पाठ्यक्रम बिकास केन्द्रबाट शैक्षिक सस्थाहरुलाइ कुनै अभिमुखिकरण नगरिएकाले सबै धेरै अलमलमा देखिएको बेला समस्याको निराकरणको लागि आदिकवि भानुभक्त क्याम्पसले गोष्टिको आयोजना गरेर तनहुँ र छिमेकी जिल्लाका बिद्यालयहरुलाइ अभिभावकत्व देखाएकोमा धन्यवाद दिनुभएको थियो । उक्त गोष्ठीको उदघाटन सत्रको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले गर्नुभएको थियो । उक्त गोष्ठीको सहाअयोजकमा ब्यास नपा र सहयोगीमा राष्ट्रिय परिक्षा बोर्डका गण्डकी प्रदेश रहेका थिए । गोष्ठीममा आदिकवी भानुभक्त क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, सदस्य राजु दाहल,क्याम्पसको बिभागिय प्रमुख र तनहुँ, लमजुङ र गोर्खाका कक्षा ११ को पढाई संचालन गरेका क्याम्पस र विद्यालय गरि ५१ ओटा शैक्षिक सस्थाहरुका प्रमुख र शिक्षक गरि १०२ जनाको सहभागीता रहेको थियो ।
Click here to Downlaod