आदिकविमा कक्षा ११ बिज्ञान बिषयको प्रवेश परिक्षा सम्पन्न

असोज १०,

      आदिकवि भानुभक्त क्याम्पसमा  कक्षा ११ बिज्ञान बिषयको प्रवेश परीक्षा शनिबार बिहान सम्पन्न भएको छ । उक्त परिक्षामा ५४ जना विद्यार्थीहरु सामेल भएका थिए । सामेल भएका विद्यार्थीहरु मध्ये ४४ जना उत्र्तिण भएका छन । परिक्षा लगत्तै क्याम्पस समिक्षा हलमा आयोजित संक्षिप्त अभिमुखिकरण कार्यक्रममा परिक्षाका सहभागी विद्यार्थी र अभिभावकहरुलाइ क्याम्पस प्रमुख महाप्रसाद हडखलेले क्याम्पसको भौतिक शैक्षिक र प्रशाशनिक बिषयमा जानकारी गराउनु भएको थियो । उक्त अवसरमा सहायक क्याम्पस प्रमुख आत्मराम बास्तोलाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने कक्षा ११ र १२ का संयोजक चिरञ्जीवी बस्नेतले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।

      क्याम्पसले प्रवेश परिक्षाको नतिजा परिक्षा भएको १५ मोनेटमा नै सार्वजनिक गरेकोे छ । उक्त प्रवेश परिक्षामा प्रथम हुने विमल चँदारालाइ क्याम्पसको नियमानुसार २ महिनाको मासिक शुल्कमा छुट गर्ने क्याम्पसले जनाएको छ । क्याम्पसले कक्षा ११ र १२ को बिज्ञान बिषयको पठन पाठन भौतिक दुरि कायम गर्दै स्वास्थ मापदण्ड पालना गरि आगामी असोज १५गते बाट शुरु गर्ने भएको छ । प्रवेश परिक्षामा सहभागी हुन छुट भएका विद्यार्थीहरुका अभिभावकहरुको अनुरोधमा ११ को बिज्ञान बिषयको दाश्रो प्रबेश परिक्षा यहि असोज १६ गते शुक्रवार बिहान ०८ः०० बजे क्याम्पसमा संचालन गर्ने भएको छ ।


Click here to Downlaod