आदिकविमा कोरोना भाइरसका सम्वन्धमा सचेतना कार्यक्रमा

फागुन २२,

आदिकवि भानुभक्त क्याम्पसमा कोरोना भाइरसका सम्वन्धमा वृहत सचेतना कार्यक्रम विहिवार विहान सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटि अन्तर्गत युवा तथा जुनियर रेडक्रसको स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल, क्याम्पस इकाइको आयोजनामा रत्नहरि अस्पताल, दमौलिको प्रविधिक सहयोगमा भएको थियो । कार्याक्रमका प्रमुख अतिथि तथा क्याम्पस सञ्चालनक समितिका उपाध्यक्ष वुद्धिमान श्रेष्ठले रेडक्रसका सिद्धान्तहरु वाचन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उक्त अवसरमा रेडक्रसका सस्थापक हेनरी ड्युनाको तस्विरमा फुलमाला अर्पण गरिएको थियो । सो कार्यक्रममा रत्नहरि अस्पतालका चिकित्सक डा. इन्द्र यादवले कोरोना भाइरसको उत्पत्ति, यसको लक्षण, रोकथाम र उपचारका विधिका वारेमा सहजिकरण गर्नु भएको थियो । डा. यादवले भाइरसको वरेमा विद्यार्थिहरुवाट राखिएका जिज्ञासाहरुको पनि उत्तर दिनुभएको थियो । सो कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख आत्माराम वास्तोला तथा सदाखर तिमिल्सेना र विभागिय प्रमुखहरु उपस्थित रहनु भएको थियो । कार्यक्रम युवा रेडक्रस सर्कलका अध्यक्ष सन्देश अधिकारिको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्राध्यापक, कर्मचारि, स्नातक तहका विद्यार्थि र अभिभावक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सर्कलका सदस्य शैलेन्द्र थापाले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चलन सर्कलका सदस्य तथा जिवन सेवा अभियानका अध्यक्ष पुजा सुनारले गर्नु भएको थियो ।


Click here to Downlaod