आदिकविमा पेशा छनौट परामर्श कार्यक्रम सम्पन्न

फागुन  १४

आदिकवि भानुभक्त क्याम्पस, व्यास १ विज्ञानचौरमा करियर काउन्सेलिङ वा पेशा छनौट सम्वन्धि एकदिने परामर्श कार्यक्रम सोमवार दिउसो सम्पन्न भएको छ । उक्त कार्यक्रममा निम्स, वागवजार काठमाण्डौका डा.ज्योती न्यौपाने र डा.सुरज भुषालले विद्यार्थीहरुलाई परामर्श दिनु भएको थियो । परामर्शका क्रममा विज्ञहरुले विद्यार्थीहरुलाइ आफ्नो रुचि र सपना अनुसार लक्ष निर्धारण गर्न र भविश्यमा आफुले अपनाउन चाहेको पेशा अनुसारका विषयहरु रोज्न ध्यान दिनुपर्ने विषयहरुका वारेमा परामर्श दिएका थिए । उक्त कार्यक्रममा विज्ञहरुले कक्षा १२ को विज्ञान विषय अध्यन गर्ने ३८ जना विद्यार्थीहरुलाइ निकट भविश्यमा स्नातक तहमा उनिहरुले पढन सक्ने विषयहरु, ति विषयहरु पढन चाहिने शैक्षिक योग्यता र अध्यनको समाप्ति संगै उनिहरुलाइ उपलव्ध हुनसक्ने रोजगारिका अवसरहरुका सम्वन्धमा पनि परामर्श दिएका थिए । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले, निम्सका प्रमुख दिपक चन्द्र वराल र कक्षा ११÷१२ का संयोजक चिरन्जीवि वस्नेतको पनि उपस्थिति रहेको थियो ।  


Click here to Downlaod