यस बर्षको अन्तर क्याम्पस नृत्य प्रतियोगितामा आदिकवि प्रथम 
 
यस बर्षको अन्तर क्याम्पस नृत्य प्रतियोगितामा आदिकवि भानुभक्त क्याम्पस प्रथम भएको छ । अन्तर क्याम्पस नृत्य प्रतियोगिता शनिबार नारायणी कला मन्दिरमा सम्पन्न भएको छ । प्रतियोगितामा तनहुँ चितवन र नवलपुर जिल्लाका १६ क्याम्पसका प्रतियोगि विद्यार्थीहरु सहभागी रहेका थिए । राष्ट्रिय शिक्षा पुरस्कार बाट दुई पटक पुरस्कृत एवं  बालकुमारी कलेजलाइ राष्ट्रिय स्तरमा चिनाउन  योगदान दिनुभएका रेडियो सांकेत चितवनका अध्यक्ष तथा नेपाल पब्लिक क्याम्पस संघको पुर्व अध्यक्ष तथा प्राध्यापक  चिरञ्जीवी श्रेष्ठले गणेश बन्दनाबाट कार्यक्रमको सुरुवात गर्नु भएको थियो । कार्यक्रमको रेडियो संकेत र आभास टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो। प्रतियोगितामा आदिकवी भानुभक्त क्याम्पसका विद्यार्थीहरुको टोलिले तनहुको सास्कृतिक पहिचान बनेको कौरा नृत्यलाई देखाइएको थियो । टोलिमा कक्षा १२ कि सुषमा थापा, बि एड प्रथम बर्षका पविता गरन्जा, निश्मा गुरुङ र शिल्पा थापाको सहभागीता रहेको थियो । टोलुको ब्याबस्थापन  स्व बि यु उपसभापति सुदर्शन पोख्रेलले गरेका थिए । उक्त अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खले पनि उपस्थित हुनु भएको थियो । प्रतियोगिताको शास्त्रीय तथ कथ्थक नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य निर्देशक संघ चितवन अध्यक्ष जनार्दन ढकाल  नारायणी कला मन्दिरका पुर्व अध्यक्ष पुष्पा श्रेष्ठ र चितवन डान्स सेन्टरको एम डि रेनु तामाङ रहनु भएको थियो । प्रतियोगितामा क्याम्पस प्रथम क्याम्पस द्वितीय र क्याम्पस तृतीय हुन सफल भएका छन । प्रतियोगितामा प्रथम हुने आदिकवि भानुभक्त क्याम्पसपलाइ २५ हजार नगद, मेडल र शिल्ड, द्वितीय हुने मध्य बिन्दु बहुमुखी क्याम्पस कावसोती नवलपुरलाइ १५ हजार नगद र मेडल र तृतीय हुने सप्त गण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनलाइ ५ हजार नगद र मेडल प्राप्त प्रदान गरिनुका साथै सहभागी क्याम्पस र प्रायोजक र सहप्रायोजकहरुलाइ प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो ।


Click here to Downlaod