‘शान्ति स्थापनाका लागि युवाहरूको भुमिका’ बिषयक गोष्ठि आदिकविमा सम्पन्न

फल्गुण ५ गते

     आदिकवि भानुभक्त क्याम्पस सभा हलमा सोमवार विहान ‘देशमा शान्ति स्थापनाका लागि युवाहरूको भुमिका’ बिषयक एकदिने गोष्ठि सम्पन्न भएको छ । गोष्ठि अहमदिया संघ नेपाल र आदिकवि भानुभक्त क्याम्पसको संयुक्त आयोजनामा भएको थियो । प्रमुख अतिथि व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले गोष्ठिको व्यानर पढेर उदघाटन गर्नु भएको थियो ।  उदघाटन मन्तव्य दिदै प्रमुख न्यौपानेले धार्मिक कट्टरता र घृणालाइ हाल विश्वमा व्याप्त अशान्तिका कारण खुट्टयाएको उदार इस्लाम अनुयायीहरुको अन्तराष्ट्रिय संस्था अहमदिया संघको धार्मिक उदारता, सहिष्णुता र मानव प्रेमको संदेशले वर्तमान विश्वमा मानवलाइ संकटवाट वाहिर निकाल्न महत्वपुर्ण सहयोग पुगेको वताउनु भएको थियो ।

     संघका युवा समितिका केन्द्रिय अध्यक्ष सलिम अहमदको अध्यक्षतामा भएको थियो । गोष्ठिमा अध्यक्ष अहमदले विश्व शन्ति र अहमदिया संघको दर्शन विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त गोष्ठिमा व्यास नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मि क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रम्हादत्त तिमल्सेना, उपाध्यक्ष वुद्धिमान श्रेष्ठ, रेडक्रस तनहूँका महामन्त्रि चिनु पोख्रेल समेतको उपस्थिति रहेको थियो । गोष्ठिमा क्याम्पस प्रमुख महाप्रसाद हडखलेले स्वागत मन्तव्य राख्नु भएको थियो भने मदर्शा आधारभुत विद्यालय, दमौलीका प्रधानाध्यापक सत्तार मियाले धन्यवाद मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव सजिल अहमद गौरिले गर्नु भएको थियो । कार्यक्रममा संघका इटहरि मिसनरि इन्चार्ज अशोक अहमद, तनहूँ इन्चार्ज नजिर उल हक र तनहुँका अध्यक्ष अहमद रफिकको उपस्थिति रहेको थियो । गोष्ठिमा विश्व शान्तिमा संघले पुर्याएको योगदानका विषयमा तयार पारिएको डकुमेन्ट्रि पनि प्रदर्शन गरिएको थियो । गोष्ठिमा क्याम्पसका प्राध्यापक कर्मचारी र स्नातक तथा स्नातकोत्तर तहमा शिक्षा शास्त्र संकायमा अध्यनरत विद्यार्थीहरु गरि ३ सय जनाको सहभागिता रहेको थियो । 


Click here to Downlaod