आदिकविमा माइन्डफुल्नेस बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

फागुन ४

अध्यात्म, करुणा र शान्तिका पक्षमा विद्यार्थीका पक्षमा काम गर्दे आएको आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरुको स्वम्सेवक संस्था जीवन सेवा आभियानले क्याम्पसमा आज बिहान माइन्डफुल्नेस बिषयमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा ब्रह्मा कुमारी राजयोग प्रशिक्षण केन्द्र, दमौलीका मुख्य प्रशिक्षक राजु खडकाले मनलाई कसरी शान्त र बुद्धिलाई कसरि सम्पन्न बनाउन सकिन्छ भन्ने बिषयमा क्याम्पसमा कार्यरत प्राध्यापकहरु र स्नातक तह विवएस र विएडमा अध्यनरत विद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा ध्यानका महत्व र ध्यान गर्ने तरिका पनि  अभ्यास गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, ब्याबस्थापन बिभागका प्रमुख रामभक्त घिमिरे, प्राध्यापकहरु,  स्व बि यु उपसभापति सुदर्शन पोख्रेल, अभियानका सस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ युवा रेडक्रसका अध्यक्ष सन्देश अधिकारि लगायतको उपस्थिति रहेको थियो । अभियानका अध्यक्ष पुजा सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभियानका कोषाध्यक्ष प्रतिभा पण्डितले स्वागत मन्तव्य व्याक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण अभियानका सचिव सुश्मिता चौधरीले गर्नुभएको थियो ।


Click here to Downlaod