‘माटोको माया’ नाटकको आदिकवि भानुभक्त क्याम्पसमा भब्य मंचन

 ’माटोको माया’ नाटकको आदिकवि भानुभक्त क्याम्पसमा विहिवार साँझ भब्य मंचन सम्पन्न भएको छ । गितल प्रतिष्ठान नेपाल तथा नाट्य मन्च तनहँुले तयार गरि मंचन गरेको भिमनिधी तिवारिको उक्त नाटकमा स्थानिय कलाकारहरुले जिवन्त अभिनय गरेका थिए । प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारिले संयोजन गर्नु भएको उक्त नाटकको निर्देशन दिवाकर पौडेलले गर्नुभएको थियो । नाटकलाइ क्याम्पस सम्म ल्याइ मंचन गर्ने व्यावस्था क्याम्पसमा नेपाली भाषा साहित्य अध्यन गर्ने विद्यार्थीहरुको साझा संस्था ‘आदिकवि नेपाली सृजनशिल मन्च’ ले गरेको थियो । करिव ३०० दर्शकले नाटकको माज्जा लिएका थियो । तनहुँमा पहिलो पटक नाटक टिकट काटेर नाटक हेरिएको थियो । नाटकको टिकट २० रुपैया राखिएको थियो । नाटक हेर्न सन्चालक समितिका उपाध्यक्ष वुद्धिमान श्रेष्ठ, सदस्यहरु सरिता भण्डारि, मोहन गिरि, सृजना तिवारी लगायत पदाधिकारी सदस्यहरु क्याम्पस प्रमुख महा प्रसाद हडखले सहायक क्याम्पस प्रमुख सदाखर तिम्ल्सिेना, नेपाली विभाग प्रमुख डा रामकुमार अधिकारि, अंग्रेजी विभाग प्रमुख सागर पौडेल  लगायत विभागीय प्रमुखहरु, प्राध्यापक, कर्मचारी, स्ववियूसभापती दुर्गा भण्डारी लगायत स्ववियूका पदाधिकारी सदस्यहरु, आदिकवि नेपाली सृजनशिल मन्चका अध्यक्ष सागर पाण्डे लगायत विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

       नाटकमा गोर्खाका राजा पृथ्वीपतिको भुमिकामा हरिश्चन्द वाग्ले, युवराज विरभद्रको भुमिकामा पुर्ण विके, राजकुमार रणसार्दुलको भुमिकामा माधव प्रसाद अधिकारी, महारानीको भुमिकामा सृजना वाग्ले र विन्दु नैनावस्ति, लाम्जुङका युवराज दावानलको भुमिकामा महेन्द्र रिजाल, भुजेलको भुमिकामा रामुपौडेल, क्षामाको भुमिकामा विन्दु नैनावस्ति, गौरेश्वरको भुमिकामा कृष्ण खनाल, ढ्याकेको भुमिकामा दिपेश खनाल, र वोहोराको भुमिकामा दिपेन्द्र पौडेलले अभिनय गर्नु भएको थियो ।

       नाटकमा अठारौ शताव्दीको पाँचौ  दशक ताकाको लम्जुङ र गोर्खा दरवार विचको शक्ति संघर्षलाइ मुख्य कथानक वनाइ मन्चन गरिएको छ । राज्य विस्तार गर्न राष्ट्रप्रेम र कुटनितिको महत्व कति हुन्छ भन्ने नाटकमा देखााइएको छ । नाटकमा लम्जुङ राज्यलाइ गोर्खाका युवराज रणसार्दुलले वल र छलकपटले जितेका छन । उक्त नाटकमा गोर्खा दरवार भित्रको युवराजहरु विचको कहाली लाग्दो आपसी द्वन्द मन्चन गरिएको छ ।  नाटक वियोगान्त छ । नाटकको  उत्कर्षमा दाजुको अविश्वास र माटोको मायाले युवराज रणसार्दुल पागल वनेका छन र अन्त्यमा खुकुरीले सेरिएर मर्न वाध्य छन भने उनका पिता तथा गोर्खाली राजा पृथ्वीपती पनि वीर पुत्रको आत्महत्याको वेदनाले कहिल्यै नउठने गरि ढलेका छन ।  

नाटकको टिकट वेचेर उठाइएको ६ हजार रुपैया क्याम्पसमा नेपाली भाषा साहित्य अध्यन गर्ने विद्यार्थीहरुको साझा संस्था ‘आदिकवि नेपाली सृजनशिल मन्च’का अध्यक्ष सागर पाण्डेले क्याम्पस प्रमुख महा प्रसाद हडखलेलाइ हस्तान्तरण गर्नु भएको थियो भने प्रमुख हडखलेले उक्त रकम गितल प्रतिष्ठान नेपाल तथा नाट्य मन्च तनहँुका उपाध्यक्ष माधव अधिकारिलाइ हस्तान्तरण गर्नु भएको थियो । 


Click here to Downlaod