आदिकविमा स्नातकोत्तर तहको प्रवेश परिक्षामा उत्साहजनक सहभागिता

दमौली, माघ १८

      आदिकवि भानुभक्त क्याम्पसमा शैक्षिक सत्र २०७६ मा स्नातकोत्तर तहको प्रवेश परिक्षा शनिबार विहान र दिउसो सम्पन्न भएको छ । त्रि.वि.को शैक्षिक क्यालेन्डर अनुसार सेमेस्टर प्रणाली अन्तर्गत प्रथम सेमेस्टरमा भर्ना हुने विद्यार्थीहरुको लागि लिईएको प्रवेश परिक्षामा यस बर्ष विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

यस बर्ष स्नातकोत्तर तहमा ९६ जना प्रवेश परिक्षामा सहभागि भएका छन् । गत बर्ष ७२ जनाले मात्र सो परिक्षामा सहभागि जनाएका थिए । जुन ३६ प्रतिशतले बढि हुन आउछ । यस बर्ष एम.वि.एस मा ५९ जना विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् र सो संख्या गत बर्षको भन्दा १६ प्रतिशतले ले बढि हुन आउछ । गत बर्ष एम.एड प्रथम सेमेस्टरमा २२ जनाले प्रवेश प्रवेश परिक्षा दिएकोमा यस बर्ष ३८ जनाले सो परिक्षा दिएका छन् । उक्त संख्या ७२ प्रतिशतले बढि हुन आउछ । एम.ए मा यस बर्ष ८ जनाले प्रवेश परिक्षा दिईएका छन् ।

तनहुँ जिल्लामा आदिकवि भानुभक्त क्याम्पस मात्र एम.एड, एम.वि.एस र एम.ए को  शैक्षिक कार्यक्रम  सञ्चालन गर्दै आएको छ । उक्त क्याम्पसमा एम.ए मा समाजशास्त्र,  र एम.एडमा अग्रेजी, नेपाली र इपिएम  विषयमा अध्यन अध्यापन हुने गर्दछ । यस बर्ष क्याम्पसले स्नातकोत्तर तहमा प्रथम सेमेस्टरको माघ मसान्त सम्म भर्ना लिने र फागुन १ गतेबाट नियमित कक्षा  सञ्चालन गर्ने तयारी गरेको बताईएको छ । स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम चार सेमेस्टरमा दुई वर्षको अवधिको हुने गरेको छ ।


Click here to Downlaod