आदिकविको छात्रावासको अनुगमन

 

माघ १८, दमौली

आदिकवि भानुभक्त क्याम्पसले सञ्चालनमा ल्याएको शहिदचन्द्र नेपाली छात्रावासको शनिवार दिउसो संविधान सभाका सदस्य गोविन्द पहारी, प्रदेश सभा सदस्य डोवाटे वि.क र वाम वुद्धिजिवि तथा लेखक रणेन्द वरायलीे लगायतले अवलोकन भ्रमण गर्नु भएको छ । भ्रमणको क्रममा छात्रावासको भौतिक र शैक्षिक अवस्थाको बारेमा क्याम्पस प्रमुख महाप्रसाद हड्खले र छात्रावास वार्डेन तथा शिक्षाशास्त्र  विभाग प्रमुख कल्पना लम्सालले भ्रमणमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । हाल छात्रावासमा वसेर २८ जना छात्राहरु अध्यन गर्दै आइरहेका छन । प्रदेश सभा सदस्य डोवाटे वि.क लगायतको पहलमा करिव ३५ लाखको लागनिमा १७ वर्ष लगाएर सहिद चन्द्र नेपाली छात्रावास संचालक समितिले निर्माण गरि उक्त छात्रावास व्यावस्थापन र संचालनको जिम्मा क्याम्पसलाइ दिइएको थियो । छात्रावास निर्माणमा निर्मल माविले जग्गा उपलव्ध गराएको थियो । १ वर्ष अगाडि देखि संचालनमा रहेको उक्त छात्रावास सामुदायिक क्याम्पसले संचालनमा ल्याएको नेपाालका थोरै छात्रावासहरु मध्ये एक हुन पुगेको छ ।


Click here to Downlaod