आदिकवि भानुभक्त क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम शुरु

दमौली, १५ माघ

      सहिद दिवसको अवसरमा आयोजित आदिकवि भानुभक्त क्याम्पसको वार्षिक खेलकुद कार्यक्रम वुधवार विहानवाट क्याम्सको प्रङगढमा रहेको खेलकुद मैदानमा शुरु भएको छ । ६ दिने खेलकुद कार्यक्रममा सेभेन ए  साइड छात्र फुटवल छात्र तथा छात्रा भलिवल तथा व्याडमेन्टन खेल खेलाइने छ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्याडमेन्टन नेटमा सर्भिस गरेर खेलकुद कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उदघाटन समारोहमा वोल्दै न्यौपानेले युवाहरुको चौतर्पिm प्रतिभा विकाशका लागि खेलकुदको कार्यक्रमलाइ महत्वका साथ अगाडि वढाउन नगरपालिका लागि परेको वताउनु भएको थियो ।

      कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रम्हदत्त तिमल्सेनाले सम्वोधन गर्दै क्याम्पसले विद्यार्थिको माग वमोजिम खेलकुद कार्यक्रमको आयोजना गरेको र अनुशासन पुर्वक खेल्ने खेलाडि नै विजयी हुने वताउनु भएको थियो । कार्यक्रम अतिरिक्त क्रियाकलाप समितिका संयोजक सदाखर तिमल्सेनाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष विजयराज खनाल र स्ववियु सभापति दुर्गा भण्डारि लगायतले शुभकामना दिनु भएको थियो ।

      कार्यक्रममा सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र वस्नेत, उपाध्यक्ष वुद्धिमान श्रेष्ठ, समितिका सदस्यहरु ऋषिराम ढुंगाना, डम्वर वहादुर अधिकारी, विकाश खनाल, राजु दाहाल, पुर्ण वहादुर थापा, क्यप्टेन सहविर उचाइ, सोविता पण्डित, क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख आत्मराम वास्तोला, विभागिय प्रमुख, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिरिक्त क्रियाकलाप समितिका सदस्य विमल खत्रिले स्वागत भाषण दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव सागर न्यौपानेले गर्नु भएको थियो ।

      माघ १५ देखि १९ सम्म सञ्चालन हुने खेलकुदमा फुटवलमा १४ समुह, भलिवलमा छात्र १० र छात्रा ६ समुह, व्याडमिन्टनमा छात्र १६ र छात्रा ६ समुहहरु विच प्रतिष्पर्धा हुने भएको छ ।

      वुधवार दिउसोको प्रतिष्पर्धात्मक खेलमा  कक्षा १२ ए माथि १–३ गोलले विजय हासिल गर्दै  कक्षा ११ सि  क्वाटर पाmाइनलमा प्रवेश गरेको छ । त्यसै गरि कक्षा ११ ए माथि  १–२ गोलले विजय हासिल गर्दै कक्षा ११ वि र सतक  दोश्रो माथि ०–१ गोलले विजय हासिल गर्दै  स्नातक प्रथम क्वाटर फाइनलमा पुगेका छन । त्यसै गरि छात्र भलिवल तर्फ कक्षा ११ वि लाइ २–० को सोझो सेटमा हराउदै कक्षा ११ ए, कक्षा १२ वि लाइ २–० को सोझो सेटमा हराउदै कक्षा ११ ए अनि छात्रा भलिवल तर्फ कक्षा १२ लाइ २–० को सोझो सेटमा हराउदै कक्षा ११क्वाटर फाइनलमा प्रवेश गरेका छन । खेलकुद तालिका अनुसार १६ गते विहिवार विहान ७ वजे देखि व्याडमिन्टन र छात्रा भलिवल र दिउसो फुटवल खेल खेलाउने कार्यक्रम रहेको छ ।


Click here to Downlaod