आदिकविको निर्माणाधिन लायन्स विज्ञान भवनको एल सि आइ एफ वाट अनुगमन

माघ १४

आदिकवि भानुभक्त क्याम्पसमा  लायन्स क्लव इन्टरनेशनल फाउण्डेशन (एल सि आइ एफ) अमेरिका को करिव १ करोड १२ लाख र वाँकि क्याम्पस तथा समुदायको गरि करिव २ करोड ४० लाखमा आर्थिक लगानिमा क्याम्पस हाता भित्र निर्माण भइरहेको ४ तले २४ कोठे पक्कि लायन्स विज्ञान प्रयोगशाला भवनको माग १५ गते दिउसो एल सि आइ एफका क्षेत्रिय कार्यक्रम विज्ञ दियालो ओमर टेलरको नेतृत्वमा आएको टोलिले भवनको अनुगमन गरेको छ । २०७६  भित्र सम्पन्न गर्ने गरि वेलु निर्माण कम्पनि, व्यास २ ले निर्माण गरेको उक्त भवनको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।  

अनुगमन टोलिका सदस्य  लयान्स क्लव इन्टरनेशनल ३२५ वि वान का निवर्तमान गभर्नर अशोक कुमार श्रेष्ठले उच्च शिक्षाको विकासका लागि लायन्सहरुले क्याम्पसको पुर्वाधार निर्माणमा अन्तराष्ट्रिय आर्थीक सहायता जुटाउन सकेकोमा सम्पुर्ण लायन्सहरुलाइ गौरवको अनुभुति भएको वताउनु भएको थियो ।

उक्त अवसरमा अनुगमन टेलिका अर्का सदस्य एल सि आइ एफका अध्यक्ष तथा वालकृष्ण वुर्लाकोटिले क्याप्पसले शुरुवाति दिनमा  एल सि आइ एफ वाट ५० हजार डलर आर्थीक सहायता प्राप्त गरि मुल शैक्षिक भवनको निर्माण गरेको स्मरण गर्दै यस पटक फेरि १ लाख डलरको आर्थीक सहायतामा भव्य विज्ञान प्रयोगशाला भवन निर्माण हुनुले संपुर्ण लायन्सहरुका तर्फवाट आभार व्याक्त गर्नु भएको थियो । भ्रमणका क्रममा ओमारले  व्या क्याम्पसको चमेना गृहको पुर्वाधार निर्माणमा प्रस्ताव आएमा एल सि आइ एफले भावि दिनमा सहयोग गर्ने प्रतिवद्धता व्याक्त गर्नु भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रम्हादत्त तिमल्सेना, पुर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठ, रामचन्द्र पोखरेल र समुन्द्र गोदार निवर्तमान अध्यक्ष रामचन्द्र वस्नेत र उपाध्यक्ष वुद्दिमान श्रेष्ठ, क्याम्पस प्रमुख महा प्रसाद हडखले, सहायक क्याम्पस प्रमुख आत्मराम वास्तोला रसदाखर तिमल्सेना

लायन्स क्लव अफ तनहुँका अध्यक्ष कृष्णमुरारि मिश्र, लायन्स क्लव अफ तनहुँ सत्यवतिका अध्यक्ष अन्जना तिमल्सेना, उक्त भवन निर्माण समितिका अध्यक्ष तथा क्या.संचालक समितिका सदस्य दिल वहादुर दरै, स्व वि यू सभापति दुर्गा भण्डारि, संचालनक समितिका सदस्यहरु, स्थानिय शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, क्याम्पस संचालक समिति, जग्गादातता, छात्रवृत्तिकोष र अक्षयकोषका संस्थापकहरु, प्राध्यापक, कर्मचारि, अभिावक, विद्याथीहरु लगायतको उपस्थिति रहेको थियो ।


Click here to Downlaod