युवा रडक्रस सर्कलको आयोजनामा आदिकवि
भानुभक्त क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
दमौली, माघ १३,
आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सोमवार क्याम्पस प्राङगणमा सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको उक्त प्रतियोगितामा उद्घाटन क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले गर्नु भएको थियो । प्रतियोगिता सर्कलका अध्यक्ष सन्देश अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रतियोगिताको सहजिकरण सुनिता तिवारिले गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका नेपाली, विज्ञान, सूचना प्रविधि, वि.वि.ए र वि वि एस प्रथम देखि चौथो वर्ष र ससेमेस्टर प्रणालीका गरी कुल १४ समूहले भाग लिएका थिए । प्रतियोगितामा वि एड दोश्रो वर्ष विज्ञान शिक्षा समुहका अनिल रानाभाट नेतृत्वको मनिषा गुरुङ्ग र कोहिनुर कार्की समेतको समूह प्रथम, वि एड तेश्रो वर्ष विज्ञान शिक्षा समुहको संगिता श्रेष्ठ नेतृत्वको नविन थपलिया र देविमाया थापा सहितको समूह दोस्रो र वि एड तेश्रो वर्ष अंग्रेजी समुहको सुनिता बि.क. नेतृत्वको जयराम सारु र अनुप आले मगर समेतको समूह तृतिय पुरस्कार जित्न सफल भएका छन । प्रथम, द्धितिय र तृतिय स्थान जित्न सफल भएको समूहरुलाई क्रमशः ६ हजार, ४ हजार ५ सय, र ३ हजार राशीको नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत समुहहरुलाइ क्याम्पस प्रमुख हडखलेले नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु आत्मराम वास्तोला, सदाखर तिमिल्सिना, निवर्र्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, विभागिय प्रमुखहरु र स्ववियू सभापति दुर्गा भण्डारि लगायतको उपस्थिति रहेको थियो ।

 


Click here to Downlaod