आदिकविमा एम वि एसका विद्यार्थीहरुका लागि शोधपत्र लेखन अभिमुखिकरण कार्यक्रम सम्पन्न

दमाौली ४ माघ,

       आदिकवि भानुभक्त क्याम्पसका एम वि एस मा दोश्रो र चौथो सेमेसटरमा अध्यनरत विद्यार्थिीहरुका लागि शोधपत्र लेखन, मामला अध्यान र उत्पादन तथा कार्यान्वयन  व्यावस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम शनिवार क्याम्पसमा सम्पन्न भएका छ । कार्यक्रमको उदघाटन गर्दै व्यावस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरेले व्यावस्थापनको उच्च शैक्षिक तहको जनशक्ति उत्पादनमा आदिकविले यस क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै अवका दिनमा नतिजालाइ उचाल्न विद्यार्थीको ज्ञानसिपको विकाश गर्ने किसिमको थप कार्यक्रमलाइ गर्दै जानुपर्ने वताउनु भएको थियो ।

       कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष व्रमहादत्त तिमल्सेनाले स्वागत तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । क्याम्पस प्रमुख महाप्रसाद हडखलेले सहजिकरण गर्नु भएको उदघाटन कार्यक्रमको सभापतित्व व्यावस्थापन विभागका प्रमुख रामभक्त घिमिरेले गर्नु भएको थियो । उदघाटन कार्यक्रममा प्रशिक्षक द्वय डा. मनोज कुमार चौधरी र डा. ज्ञान वहादुर तमाङ, क्याम्पस संचालक समितिका उपाध्यक्ष वुद्दिमान श्रेष्ठ, निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, शोध तथा अनुशन्धान कमिटिका संयोजक शुशिल प्रसाद वाग्ले, विद्यार्थी परामर्श कमिटिका संयोजक जनक काफ्ले, विविए कार्यक्रमका निर्देशक विरेन्द्र पौडेल, सहायक प्राध्यापकहरु दिपा थापा, चिजकुमार श्रेष्ठ, सावित्रि श्रेष्ठ, गोविन्द भट्टराइ र क्याम्पसमा एम वि एस दोश्रो र चौथो सेमेसटरमा अध्यनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहायक डिन दिनेशमणि घिमिरे र डा. मनोज कुमार चौधरीले शोध पत्र लेखन र मामला अध्यान र डा. ज्ञान वहादुर तमाङले उत्पादन तथा कार्यान्वयन व्यावस्थापन सम्वन्धि विषयमा प्रशिक्षण दिनुभएको थियो । 


Click here to Downlaod