आदिकविका विविएका विधार्थीहरुवाट सनराइज बैकंमा स्थलगत भ्रमण सम्पन्न

(२०७६÷०९÷२१ सोमबार) आदिकवि भानुभक्त क्याम्पसमा बि.बि.ए तृतिय सत्रमा अध्ययनरत विद्यार्थीहरुले सनराइज बैकको शाखा कार्यालय दमौलीको स्थलगत  अध्ययन भ्रमण गरी बैकका कर्मचारीहरुसँग बैकिङसँग सम्बन्धित रहेर जिज्ञासाहरु राखेका थिए । विधार्थीहरुको जिज्ञासाको जवाफ दिदै शाखा प्रबन्धक किर्तिमान रानाले अब बैकिङ सेवामा इ– बैकिङ (गैरनगद) कारोबारहरु बढ्ने र त्यसका लागि प्राविधिक सीपमा निपुर्ण, अनुशासित, उत्प्रेरित, लक्ष्यमुखि र सकारात्मक सोच भएका कर्मचारीहरु बैकलाई आवश्यक पर्ने भएकोले सोही अनुसारका सीप क्षमताहरु विकास गरी व्यक्तिगत सम्बन्धहरु विस्तार गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभएको थियो । विद्यार्थीहरुलाई आफ्नो बैकको संक्षिप्त परिचय दिदै शाखा प्रबन्धकको भुमिका बारे थप प्रष्ट पार्नु भएको थियो । विधार्थीहरुले कर्जा प्रकृया शीर्षकमा नाटक मन्चन गर्नका लागि आफ्नो भुमिकाको थप अध्ययन गर्न र नाटकलाई जिवन्त बनाउन बैकका कर्मचारीहरुसँग छलफल गरेका थिए । कर्जा विभागका कर्मचारीहरु वसन्त आले र सनम अधिकारीले विधार्थीहरुलाई कर्जासँग सम्बन्धित कामहरु आवश्यक कागजातहरु र त्यसको प्रकृयाबारे जानकारी प्रदान गर्नु भएको थियो । त्यसरी नै बिजिनेस डेस्कका कर्मचारी कल्याणी श्रेष्ठले डिम्याट  खाताको बारेमा जानकारी दिदै मेरो शेयर एप मार्फत घरमै बसेर शेयर आवेदन भर्न र बुझाउन सकिने जानकारी दिनुभएको थियो । छलफलको सहजीकरण गर्दै बि.बि.ए डाइरेक्टर वीरेन्द्र पौडेलले छलफलका लागि समय उपलब्ध गरेकोेमा शाखा प्रबन्धकसहित सम्पुर्ण कर्मचारीहरु प्रति आभार व्यक्त गर्नुभएको थियो ।


Click here to Downlaod